जनजागृति माविमा अव ९ कक्षाबाट इन्जिनियरिङ पढाई हुने

1574 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

थांक्रे-धादिङको थांक्रे गाउँपालिका वडा नम्बर ६ महादेबवेसीमा रहेको जनजागृती माध्यमिक बिद्यालयलाई प्राबिधिक बिद्यालयको रुपमा स्थापना गरिने भएको छ । प्राविधिक बिद्यालय स्थापना गरि संचालनको लागि थाक्रे गाउपालिकाको कार्यपालिकाले अनुमति दिएको छ । गाउँकार्यपालिकाको फागुन ३ गते बसेको बैठकले शैक्षिक सत्र २०७६ बाट प्राविधिक बिद्यालय सन्चालनमा ल्याउने गरि जनजागृती माध्यमिक बिद्यालयलाई अनुमति दिएको हो ।
प्राविधिक बिद्यालय स्थापना भएपछि माध्यमिक तहमा कक्षा ९ बाट सिभिल इन्जिनियरिङ बिषय अध्यापन गराईने बिद्यालयका प्रधानाध्यापक लावणप्रसाद फु्याँलले वताउनु भयो ।
प्राविधिक बिद्यालय स्थापना गरि संचालनको लागि गाउँपालिकाले पनि आवश्यक सहयोगको प्रतिबद्धता सहित अनुमती प्रदान गरेको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोकर्ण रुपाखेतीले वताउनु भयो ।
थाक्रे गाउपालिकामा प्राबिधिक शिक्षामार्फत आफ्ना क्षेत्रभित्रका जनतालाई रोजगार र जीवन निर्वाहको गतिलो आधार निर्माण गर्न प्राविधिक बिद्यालयले सहयोग पु¥याउने अध्यक्ष रुपाखेतीले प्रतिवद्धता जनास भयो । यस अघि जिल्ला सदरमुकाम धादिङबेसीमा रहेको नीलकण्ठ माध्यमिक बिद्यालयले पनि माध्यमिक तहमा कक्षा ९ बाट सिभिल इन्जिनियरिङ बिषय पढाउँदै आईरहेको छ ।