काठमाडौंमा साना किसान सम्मेलन हुने

996 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं  । साना किसानलाई आधुनिक कृषि प्राणालीमा आकर्षित गरी कृषि उद्यमशीलताको विकासमा टेवा पु¥याउनका लागि काठमाडौंमा दोस्रो ‘साना किसान सम्मेलन–२०७५’ आयोजना गरिने भएको छ ।

‘साना किसानको समृद्धि ‘ कृषिको रूपान्तरण र उद्यमशीलताको विकास’ भन्ने नाराका साथ साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा १६ र १७ फागुनमा सो सम्मेलन आयोजना गर्न लागिएको नायब प्रमुख कार्यकारी अधिकृत निर्देशक झलेन्द्र भट्टराईले बताए ।

सम्मेलनमा संस्थामा आबद्ध देशभरका ९ सय साना किसान प्रतिनिधि र नीति निर्माण अध्येता, योजनाविद्लगायत करिब १ हजार २ सय जनाको सहभागिता रहनेछ ।

हरेक चार वर्षमा हुने सम्मेलनले कृषिको आधुनिकीकरण, उद्यमशीलता अभिवृद्धि र युवा पुस्ताको आकर्षणबारे आगामी रणनीति तय गर्नेछ । पहिलो साना किसान सम्मेलन २०७१ कात्तिकमा १७ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको थियो । यो दोस्रो सम्मेलन हो यो खबर हामीले राजधानी डेलिडटकमबाट लिएका हौं ।