करेन्ट लागेर बुङचुङमा एकजनाको मृत्यु

1489 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,७ फागुन – धादिङको सिद्धलेक गाउँपालिकाको बुङचुङमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।
जिल्लाको सिद्धलेक गाउँपालिका वडा नम्बर ५ बुङचुङमा सोमबार विजुलीबाट पानी तताउने क्रममा करेन्ट लागेको प्रहरीले जानकारी दिएको छ ।

सोमबार दिउँसो नुहाउनका लागि आफ्नै घरको बाथरुममा जडान गरिएको इलेक्ट्रिक बोर्डमा तार जोडि पानी तताउने क्रममा करेन्ट लागेर घाईते भएका २७ वर्षिय विष्णु श्रेष्ठको उपचारकालागि लैजांदै गर्दा मृत्यु भएको हो ।
करेण्ट लागेर घाईते भएका श्रेष्ठको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी लैजादै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो ।