नुवाकोटको पहिलो टेलिभिजन च्यानल टिभी त्रिशूलीको औपचारिक प्रसारण

648 पटक पढिएको

सम्पादक: Dhadingnews.com

नुवाकोट, साउन   – नुवाकोटको पहिलो टेलिभिजन च्यानल टिभी त्रिशूलीको बुधबारदेखि औपचारिक प्रसारण शुरु भएको छ ।

नुवाकोट मिडिया प्रालिद्वारा सञ्चालनमा ल्याइएको टिभीको बुधबार विदुरमा पत्रकारसम्मेलन गरि औपचारिक प्रसारण गरिएको हो ।  भू–शतही प्रविधिबाट प्रसारण आरम्भ गरिएको टेलिभिजन विदुर नगरक्षेत्र र आसपासका एक दर्जन भन्दा बढी गाविसमा हेर्न सकिने छ ।

धादिङ र रसुवामा निकट भविष्यमा विस्तार गर्ने योजना रहेको टेलिभिजनले जिल्लाको हरेक पक्षलाई समेट्ने योजना बनाएको नुवाकोट मिडिया प्रालिका अध्यक्ष रमेश श्रेष्ठले बताउनुभयो ।

दैनिक १६ घण्टा प्रशारण अबधि रहेको टेलिभिजनमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्योग, साहित्य, कला, संस्कृति, सूचना, समाचारको विषयलाई समेटेर अघि बढ्ने टिभी त्रिशूलीले जनाएको छ ।

कार्यक्रममा जिल्लाका क्रियाशील पत्रकारहरुले टिभी त्रिशूलीको प्रगतिको कामना गर्दै विभिन्न सल्लाह र सुझावहरु दिएका थिए ।