धादिङको सिद्धलेकमा दुर्घटना, सात जना घाईते

890 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, ८ फागुन – धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ५ चेवाङ नजिकै बुधवार दिउँसो भएको सवारी दुर्घटना परि ७ जना घाईते भएका छन ।
कालुपाण्डे मार्गको कालिदहबाट ग्रामीण सडक हुंदै कुम्पुर रैकरतर्फ जादै गरेको बा १० च ९४०७ नम्बरको बोलेरो जिप दिउंसो ४ वजे तिर अनियन्त्रित भई सडकमा पल्टिंदा बोलेरोमा सवार १२ जना मध्ये सात जना घाईते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
प्रहरीका अनुसार गम्भिर घाइतेहरुको जिल्ला अस्पताल धादिङमा प्रारम्भिक उपचार गराई थप उपचारका लागि काठमाण्डौं पठाईएको छ । दुर्घटनामा परेको जिप घटना स्थलमै रहेको र चालक भने फरार रहेको पनि प्रहरीले जनाएको छ । दुर्घटनामा परि धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर ९ का बर्ष ६० को बिष्णुप्रसाद लम्सालको टाउकोमा चोट लागेको छ भने निलकण्ठ १० का बर्ष ३५ कि राधिका धमलाको ढाडमा चोट लागेर उनको अवस्था गम्भिर रहेको को छ । त्यसै गरी गल्छी गाउँपालिका वडा नम्बर ६ की बर्ष ५५ कि भगवति भट्टको दाहिने खुट्टा,घुडा र ढाडमा चोट लागेको र उनको अवस्था पनि गम्भिर रहेको प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा परि त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर डाडागाँउ बस्ने बर्ष १४ की सुमित्रा भट्ट र ज्वालामुखी ३ मैदी बस्ने केशव अर्यालको छोरा बर्ष ३ को निर्मल अर्याल पनि घाईते भएका छन उनिहरुलाक्षर्् पनि ट्रमा सेन्टर काठमाण्डौ पठाईएको छ ।
सिद्धलेक ५ बस्ने बर्ष २३ कि अप्सरा खनालको हातमा चोट लागेको छ भने सोही ठाउँका वर्ष ६२ को डिल बहादुर श्रेष्ठको दाहिने पट्टीको कन्चटमा चोट लागेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले जानकारी दिनुभयो ।

(सांकेतिक तस्बिर -श्रोत गुगल सर्चबाट )