३१ किलो लागुऔषध गाँजा सहित एक महिला पक्राउ

668 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । प्रतिबन्धित लागुऔषध गाँजा सहित धादिङको बैरेनी बजारबाट एक होटल संचालक पक्राउ परेका छन् । धादिङको गल्छी गाउंपालिका ६ बैरेनी बजारमा पाण्डे होटल तथा मासु पसल संचालन गर्दै आइरहेकी बिन्दा पाण्डेलाइ प्रहरीले शुक्रबार ३१ किलो ग्राम लागु औषध गाँजा सहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार विशेष सुराकीका आधारमा एक होटल संञ्चालक पक्राउ परेका छन् । प्रहरीले बिशेष सुराकीको आधारमा प्रहरीले होटलको बक्सपलङमा लुकाइछिपाइ राखेको गाँजा बरामद गरेर निज होटल संञ्चालक पाण्डेलाई पक्राउ गरेको छ । पाण्डेलाई थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय धादिङ ल्याइएकोे छ ।