गल्छीको लामापोखरीमा बोलेरोको ठक्करले दुईजनाको मृत्यु

772 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ १३ फागुन – धादिङको गल्छी गाउँपालिका वडा नं ५ लामापोखरीमा आईतबार सांझ बोलेरो पिकअप भ्यानको ठक्करबाट दुई जना महिलाको मृत्यु भएको छ । एक जना महिला घाईते भएकी छिन ।
गल्छी गाउँपालिका वडा नम्बर ५ को ग्रामीण भेगमा  चल्ने गरेको बा २० च ६२२१ नम्बरको बोलेरो पिकअप भ्यानले आईतबार सांझ ८ वजे तिर स्थानीय तेजवहादुर लामाको पसल अगाडी उभिरहेका तीन जनालाई ठक्कर दिंदा दुई जनाको मृत्यु भएको हो भने एक जना घाईते भएका हुन । जिपले ठक्कर दिंदा लामाको पसलमा समेत क्षती पुगेको  छ ।
दुर्घटनामा परेर गल्छी गाउँपालिका वडा नं ५ बस्ने ३५ वर्षीया जमुना भुजेल र ४६ वर्षीया कान्छी तामाङको मृत्यु भएको धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । भुजेलको घटनास्थलमा नै र तामाङको उपचारका लागि लैंजांदै गर्दा बाटोमा नै मृत्यु भएको पनि विष्टले वताए । सोही दुर्घटनामा गल्छी गाउँपालिका वडा नं ५ की ३६ वर्षीया धनकुमारी तामाङ घाइते भएकी छिन । उनको पाटन अस्पताल ललितपुरमा उपचार भइरहेको छ । ठक्कर दिने गाडीका चालक र जिप धनी समेत फरार रहेकाले उनिहरुको खोजी कार्य भइरहेको र जिपलाई इलाका प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।