logo

कृषि पत्रकार प्रतिष्ठानमा भाँड भैलो ,२१ जनाको सामूहिक राजिनामा

1106 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौ  । नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना) का निवर्तमान अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष तथा सदस्यहरुले सधारण सदस्य समेत नरहने गरि राजिनामा दिएका छन् ।

माघ २६ गते अधिवेशनबाट गोविन्द शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको थियो । नयाँ कार्यसमिति चयन भएको एक महिना नबित्दै सो प्रतिष्ठानबाट निवर्तमान अध्यक्षसहित २१ जनाले सामूहिक राजिनामा दिएका छन् ।

कृषि पत्रकारिताको प्रवद्र्धन गर्ने उद्देश्यले प्रतिष्ठान स्थपित भएपनि पछिल्लो समय कार्यसमितिमा नरहेका पत्रकारको नाम समेत जोडेर संस्थाका केही जिम्मेवार पदाधिकारीले व्यक्तिगत लाभ लिने काम गरेको र मुलधारका पत्रकारिता गर्ने कृषि पत्रकारलाई निषेध गर्ने नीति लिएको कारण देखाउँदै साधारण सदस्य समेत नरहने गरि सामूहिक राजिनामा दिएको निवर्तमान उपाध्यक्ष किरण आचार्यले बताए ।

राजिनामा दिनेहरुमा निवर्तमान अध्यक्ष राजेश वर्मा (अन्नपूर्णपोष्ट), निवर्तमान उपाध्यक्ष किरण आचार्य (कारोवार दैनिक), निवर्तमान कोषाध्यक्ष लेखनाथ पोखरेल (हिमालय टाइम्स(, निवर्तमान केन्द्रीय सदस्य अजित अधिकारी (नयाँ पत्रिका), निवर्तमान केन्द्रीय सदस्य सुरेशकुमार यादव (गोरखापत्र दैनिक) रहेका छन ।

त्यस्तै, साधारण सदस्यहरु सेन्छेलुङ पतलङ्वा (बिएफविएस रेडियो), पुष्प दुलाल (क्लीकमण्डु डटकम), उत्तम काप्री (नेपाललाइभ डटकम), श्रीकृष्ण न्यौपाने (कान्तिपुर एफएम), भेषराज बेल्बासे (गोरखापत्र दैनिक), संगम महत (एप वन टेलिभिजन), मेनुका कार्की (नागरिक अनलाइन), तुल्सी सुवेदी (अन्नपूर्णपोष्ट), अर्पना आले मगर, वर्तमान केन्द्रीय सदस्य (रिपब्लिका दैनिक), मनोज श्रेष्ठ (हलोखबर डटकम), गीत भुजेल, (मेरो अटोडटकम), सुनिता सिटौला (सेतोपाटीटडकम), सुजन ढुगांना (द हिमालय टाइम्स), भरत पाण्डेय (हिमाल खबरपत्रिका), दिपक भट्ट (नेपाल खबर डटकम), सुवास भट्ट (नयाँ पत्रिका) रहेका छन् ।


slot deposit qris nexus slot mahjong slot
ninja slot olympus slot spaceman pragmatic