पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको निधन

310 पटक पढिएको

प्रकाशित मिति: १९ फाल्गुन २०७५, आईतवार ०७:१८

सम्पादक: Dhading News

काठमाडौं । पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ ।

नेकपाका नेताा अधिकारीको ८२ वर्षको उमेरमा शनिबार राति ९ बजेर ३५ मिनेटमा ह्याम्स अस्पतालमा निधन भएको हो । लामो समयदेखि बिरामी अस्वस्थ अधिकारीलाई गत पुस २३ गतेदेखि ललितपुरको मेडिसिटी र त्यसपछि ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो ।

अधिकारीको निधन भएको खबर पाएसँगै अस्पताल परिसरमा आफन्त र शुभेच्छुकको भिड लागेको थियो ।

फोक्सो र मुटुमा समस्या हुँदा तीन हप्तादेखि ह्याम्स अस्पतालमा उपचाररत अधिकारीलाई बचाउन नसकिएको ह्याम्स अस्पतालका मेडिकल डाइरेक्टर डा. भाष्करराज पन्त र अस्पतालको क्रिकिटल केयर सर्भिसेजका संयोजक डा.हेमराज पनेरूले दिएका छन् । शनिबार दिउँसो मात्रै डा. हेमराज पनेरु र डा. पन्तले विज्ञप्ति सार्वजनिक गर्दै बचाउन सक्ने सम्भावना न्यून रहेको बताएका थिए ।

विदेशमा रहेकी छोरी आइनपुग्दासम्म अस्पतालमा अधिकारीलाई कृत्रिम स्वासप्रस्वासको लागि भेन्टिलेटरमा राखिएको थियो । अधिकारीे विसं १९९३ साल वैशाख २२ गते महोत्तरीको भ्रमरपुरामा बुवा रामचन्द्र र आमा पूर्णकुमारीको कोखबाट जन्मिएका थिए । उनका श्रीमती ओमकुमारी र तीन छोरी छन्।

कानुन र अर्थराजनीतिका विज्ञ अधिकारीले अर्थशास्त्रमा एमए र कानुनमा बीएलसम्मको औपचारिक अध्ययन गरेका थिए । महोत्तरीमा जन्मिएर विराटनगरलाई कार्यक्षेत्र बनाएका अधिकारी पछिल्लो समय राजधानीमा बस्दै आएका थिए ।

अधिकारी पञ्चायत अवधिका चर्चित कानुन व्यवसायीसमेत हुन्। वि.सं. २०१७ सालमा पीएचडी गर्ने विचार गरेका अधिकारी तत्कालीन सोभियत सरकारले दिएको छात्रवृत्ति छोडेर राजा महेन्द्रको ‘कु’ विरुद्ध सघर्षमा होमिएका थिए ।

नेपालको राजनीतिमा त्यागी नेताको रुपमा चिनिने अधिकारीले चार वर्ष भूमिगत, तीन वर्ष निर्वासन र तीन वर्ष बन्दी जीवन बिताएका थिए । वि.सं. २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले ‘कु’ गर्दा उनी ८१ दिन नजरबन्दमा थिए ।

अध्ययनशील मानिने नेता अधिकारीले नेपालमा अद्योगीकरणका समस्या, मेरो जीवनयात्रालगायत कृति प्रकाशित गरेका छन् । जीवन यात्राको नयाँँ भाग पुस्तक भने प्रकाशन नहुँदै अधिकारी सदाका लागि बिदा भएका छन् ।

अधिकारीको अन्त्येष्टि आज

नेकपाले आज आइतबार विहान अधिकारीलाई श्रद्धान्जली दिने कार्यक्रम तय गरेको छ । आइतबार विहान ९ देखि १२ बजेसम्म पार्टी कार्यालय धुम्बाराहीमा श्रद्धान्जली दिने कार्यक्रम तय गरेको नेकपा कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । त्यसलगत्तै अधिकारीको शव यात्रा गरिने र मध्यान्ह पशुपति आर्यघाटमा दाहसंस्कार हुने नेकपाले जनाएको छ ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

१९ फाल्गुन २०७५, आईतवार ०७:१८ मा प्रकाशित

धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो । आम नागरिकलाई सूचना, समाचार, विचार, विश्लेषण र विविध विषयमा सुसूचित गर्ने ध्येयका साथ संचालनमा रहेको धादिङ न्यूज डट कम निस्पक्ष सूचना र संचारको संवाहक हो । हामी स्वतन्त्र छौं, हामी कुनै पनि राजनीतिक. सामाजिक तथा अन्य किसिमका पूर्वाग्रहबाट अलग छौं । तपाईंको सूचना र संचारको हकको लागि समाजका विकृति र विसंगतिहरू बिरुद्ध हामी निरन्तर कलम चलाइरहनेछौँ । हामीलाई सूचना जानकारी उपलब्ध गराएर हाम्रो यस अभियानमा तपाईंले पनि साथ् दिन सक्नुहुनेछ ।  धादिङ जिल्लाको सूचना, समाचार, विचार र मनोरञ्जन छिटो छरितो रूपमा विश्वभर पुर्याउनु हाम्रो मुख्य उद्देश्य रहेको छ । ‘धादिङ न्यूज’ यहाँहरू सबैको डिजिटल पत्रिका हो ।व्यवसायको लागि विज्ञापन लगानी हो,धादिङ न्यूज डट कम मा कुनै पनि विज्ञापन वा सन्देश संप्रेषण गर्न  चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

 

 

समाचार

सबै

मलेखु धादिङबेसी सडक खण्डमा ट्याक्सी पल्टिंदा एक जनाको मृत्यु

धादिङ,९ असोज । धादिङको मलेखु धादिङबेसी सडक खण्ड (कालुपाण्डे राजमार्ग) मा विहीवार राती भएको दुर्घटनामा परि एक महिलाको ज्यान गएको छ । अन्य चार जना घाईते भएका छन् । सुत्केरी लिएर काठमाडौबाट धादिङबेसी तर्फ.....

सानाकिसान सहकारी गोगनपानीमा शेयर सदस्यले लगाए ताला

थाक्रे, ७ असोज संस्थामा अनियमितता बढेको भन्दै निष्पक्ष छानविनको माग गरि साना किसान कृषि सहकारी संस्था.....

सामाजिक सेवा दिवशको अवशरमा खुला वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  महादेववेंशी, ६ असोज सामाजिक क्षेत्रमा राष्ट्रिय गौरब आजको आवश्यकता, सम्वृद्धि र सुखको लागि सामाजिक.....

धादिङका तीन सहित नेपाल प्रहरीका ४८८ इन्स्पेक्टरको सरुवा

काठमाण्डौं । नेपाल प्रहरीका ४ सय ८८ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले.....

युवाहरुको सवालका सन्दर्भमा युवा अन्तर संवाद कार्यक्रम सम्पन्न

५ असोज, महादेववेशी, ४१ औं सामाजिक सेवा दिवसको अवसरमा थाक्रे गाउँपालिका, महादेववेशीमा सामाजिक क्षेत्र, राष्ट्रिय.....

Categories