कम्युनिष्ट पार्टीका संस्थापक नेता कर्माचार्यको निधन, राष्ट्रिय सम्मानकासाथ अन्येष्टि

591 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङन्युज ,९ साउन ।  नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको बुधबार  निधन भएको छ । कर्माचार्यको ८९ वर्षको उमेरमा बुधबार बिहान ५ बजेर ६ मिनेटमा काठमान्डुको मोडेल अस्पतालमा निधन भएको हो । narbahadurउहाँको पार्थिव शरीरलाई राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा लगेर आजै अन्त्येष्टी गरिएको छ । पित्तनलीमा क्यान्सर भएर समस्या देखिपछि कर्माचार्यलाई असारको अन्तिम सातादेखि नै अस्पताल भर्ना गरिएको थियो । निधनपछि कर्माचार्यको पार्थिव शरीरलाई बिहान एकीकृत माओवादी पार्टी कार्यालय पेरिसडाँडामा श्रद्धान्जलीका लागि राखिएको थियो । श्रद्धान्जली दिने क्रममा पेरिसडाँडामा रुवावासी नै चलेको थियो । श्रद्धान्जली दिनका लागि एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता बाबुराम भट्टराई, नेपाली काङग्रेसका सभापति सुशील कोइराला, एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम लगायतका नेताहरू पेरिसडाँडा पुग्नुभएको थियो । कर्माचार्यको पार्थिव शरीरलाई श्रद्धान्जलीका लागि खुलामञ्चमा पनि राखिएको थियो, अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, विभिन्न दलका नेता, सुरक्षा निकायका प्रमुखहरुले पनि खुलामञ्च पुगेर श्रद्धान्जली अर्पण गर्नुभएको थियो । सरकारले नेपालको कम्युनिष्ट आन्दोलनमा योगदान पु¥याएको निष्कर्षसहित कर्माचार्यप्रति राष्ट्रिय सम्मान प्रदान गरेको हो । कम्युनिष्ट नेता नरबहादुर कर्माचार्यको जन्म वि.सं. १९८१ साल कात्तिक १४ गते भाइटीकाका दिन भएको हो । अविवाहित कर्माचार्य आफ्नो भाइहरुसँगै ललितपुरको बंगलामुखीमा रहेको आफ्नै घरमा बस्दै आउनुभएको थियो । निरन्जन गोविन्द वैद्य, पुष्पलाल, नारायणविलास जोशी र नरबहादुर कर्माचार्यले २००६ साल वैशाख १० गते नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्नुुभएको हो