धादिङ रेडक्रसको ३२औं साधारण सभा सम्पन्न

973 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,२५ फागुन- नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङको ३२ औं बार्षिक साधारण सभा तथा जिल्ला शाखाको नयाँ भवनको उद्घाटन शनिवार धादिङबेसीमा सम्पन्न भएको छ ।
शाखाका सभापति सिताराम कोइरालाको अध्यक्षतामा भएको साधारण सभाको उद्घाटन प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलले गरेका थिए । साधारण सभाको अवसर पारेर रेडक्रस जिल्ला शाखाको नयाँ भवनको पनि उद्घाटन गरिएको हो । नेपाल रेडक्रस सोसाईटी केन्द्रीय कार्यालय र कोरियन रेडक्रस तथा लक्जेम्बर्ग रेडक्रसको समन्वयमा संचालित भुकम्प प्रतिकार्य कार्यक्रम अन्र्तगत शाखाको नयाँ भवनको निर्माण भएको हो । यो कार्यक्रम अन्र्तत रेडक्रसले जिल्लाका विभिन्न स्थानमा रहेका बिद्यालयहरु पुनर्निमाण गरिरहेको छ । २०७२ को भुकम्पबाट क्षती भएका बिद्यालयको भवन निर्माणका लागि कार्यक्रम संचालन भईरहेको छ ।
जिल्लाको १३ वटै स्थानीय तहमा गरी २९ वटा उपशाखा र ४ हजार आजिवन सदस्य र जुनियर रेडक्रस सन्जाल बिस्तार गरेर विभिन्न सामाजिक सेवाका कार्य गर्दै आईरहेको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङको स्थापना २०२८ सालमा भएको हो ।
साधारण सभाको अवसर पारेर जिल्ला शाखाले एक बर्षको अवधिमा संस्थागत रुपमा रक्तदान कार्यक्रमको आयोजना गर्ने संघ संस्थालाई सम्मान गरेको थियो । साधारण सभालाई प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानून मन्त्री जमकट्टेल,प्रदेश सभाका सांसद डाक्टर रामकुमार अधिकारी, नेपाल रेडक्रस सोसाईटी मकवानपुरका सभापति सूर्यचन्द्र न्यौपाने,नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुंगाना, शाखाका पुर्व अध्यक्ष अमृतबहादु्र अधिकारी, गैसस महासंघका जिल्ला सचिव शालिकराम दुवाडी लगायतले सम्वोधन गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका उपप्रमुख कविता वरामु नेपाली, नीलकण्ठ नगरपालिकाका उप प्रमुख मनराज भण्डारी,धादिङका प्रहरी उपरिक्षक राजकुमार वैदवार,जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत राममणि दुवाडी,गैसस महासंघ ३ नम्बर प्रदेश समितिका अध्यक्ष दामोदर अर्याल, नेपाल पत्रकार महासंघका जिल्ला सचिव राजाराम शर्मा,रेडक्रसका केन्द्रिय सदस्यहरु,जिल्ला शाखाका सल्लाहकारहरु, शाखाका पुर्व अध्यक्षहरु विभिन्न जिल्लाका सभापति, सामाजिक संघ संस्थाका प्रतिनिधि,राजनैतिक दलका प्रतिनिधि लगायतको कार्यक्रममा आतिथ्य रहेको थियो ।

साधारण सभाले विगत बर्षका खर्च तथा कार्यक्रमहरुको समिक्षा गर्दै आगामी बर्षको लागि योजना तथा कार्यक्रम पारित गरेको छ । साधारण सभाको वन्द सत्रमा शाखाका सभापति सिताराम कोईरालाको बार्षिक प्रतिवेदन,मन्त्री कृष्णकुमार श्रेष्ठको सांगठनिक तथा प्रस्तावित कार्यक्रमहरुको प्रतिवेदन,कोषाध्यक्ष दुर्लभकुमार तामाङद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन माथि छलफल गरि पारित गरिएका थियो ।