‘लै बरी लै बरी’ लिएर आए पप गायक सविनले

1413 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ – युवा पुस्ताका बिच सुमधुर स्वरका लोकप्रिय गायक भनेर चिनिएका धादिङ थांक्रेका सविन लामाले  ‘लै बरी लै बरी भाकैमा’ बोलको गीतको म्युजिक भिडियो बजारमा ल्याएका छन्। आंफु जन्मे हुर्केको धादिङको गोगनपानी गाउँका बाल्यकालका साथीहरुको सम्झनालाई समेटेर तयार पारिएको गीत ओएसआर डिजिटल म्युजिक कम्पनी मार्फत बजारमा ल्याइएको हो। ३४ बर्षिय लामा पप तथा आधुनिक गितका गायक हुन ।

नेपाली गीतसंगीत क्षेत्रमा गायनका साथै शव्दको रचना र संगितमा समेत पोख्त रहेका लामाले लै बरी लै बरी मा पनि आंफैले गीतमा शब्द, संगीत दिएका छन् । गीतमा सुजन खत्री र अनिता थिङको अभिनय समेत रहेको छ । सानैदेखि गीत संगीतमा रुची भएका गायक लामाले यसअघी सानो पाइला एल्वम मार्फत चार गीत बजारमा ल्याइसकेका छन्। उनले सोही एल्वममा समेटिएका तीन गीतको म्युजिक भिडियो केही दिनमै बजारमा ल्याउने तयारी भईरहेको धादिङ न्यूजलाई जानकारी दिए ।

२०६७ सालमा ‘माया तिमीलाई’ बोलको गीत मार्फत सांगीतिक क्षेत्रमा होमिएका लामाले २०६७ सालदेखि २०६९ सम्म दुई वर्ष डोरेमी संगीत पाठशालामा संगीत सिकेका थिए । २०७३ सालमा ‘हामी एक हाैं’ बोलको राष्ट्रिय भावनाले ओतप्रोत गीत मार्फत लामाले इमेज अवार्डसमेत जित्न सफल भएका थिए ।

लामामा गायनप्रतिको हुटहुटी सानै देखिको हो। स्कुले जीवनदेखि नै उनी विभिन्न सांगीतिक कार्यक्रममा भाग लिन्थे। अरुण थापाका गीत सुन्दै सांगीतिक क्षेत्रमा होमिएका लामाले एल्वमका साथै नेपाल वाहेक विदेशमा दुवई, मलेसिया, दार्जिलिङ सम्म पुगेर  गित गाईसकेका छन भने देश भित्र थुप्रै मेला, उत्सव, महोत्सव, सांगितिक कार्यक्रमहरुमा पनि गित गाउने गरेका छन ।  पछिल्लो समय युवा पुस्ताले निकै रुचाईएका  गायक लामाले आगामी दिनमा पनि नयाँ नयाँ गित र एल्वमहरु मार्फत श्रोता र दर्शक बिच आउने प्रतिवद्धता जनाएका छन् ।