धादिङको गाउँ गाउँमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम

1165 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ–समुदाय र प्रहरी बिच समन्वय गरी समाजमा हुने अपराधजन्य घटना न्यूनिकरण गर्दै सभ्य समाज निर्माणमा नागरिक र प्रहरी बिच साझेदारी गर्ने लक्ष्यका साथ धादिङमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम संचालन गरिएको छ ।
अभियान अन्र्तगत फागुन २८ गते मंगलबार विहान निलकण्ठ नगरपालिका वडा नम्बर ३ शितललबजारमा घर तथा सरकारी कार्यालयहरु अगाडी सडक अवरोध हुने गरी छरपस्ट राखिएका निर्माण सामाग्री हटाउनको लागि सम्बन्धित घरधनी तथा ठेकेदारहरुलाई जानकारी गराईएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । प्रहरीको अनुरोध पछि सम्बन्धित पक्षले जतिसक्दो छिटो त्यस्ता सामग्रीहरु हटाई सडक खाली गर्ने प्रतिबद्धता व्यक्त गरेको प्रहरीले जनाएको छ ।
यसै गरी फागुन २८ गते मंगलबार समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अस्थायी प्रहरी पोष्ट हाप्सेचौरको संयोजनमा थाक्रे गाउँपालिका वडा नम्बर ८ का जनप्रतिनिधी तथा स्थानियवासीलाई विपद न्यूनिकरण तथा रोकथाम सम्बन्धी जनचेतनामुलक कार्यक्रम संचालन गरिएको छ ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मंगलबारजै प्रहरी चौकी बुढाथुमको संयोजनमा गंगाजमुना गाउँपालिका वडा नम्बर ७ गौरीटोलमा रहेको महिला समुहका प्रतिनिधीहरुलाई सामाजिक सुरक्षा‚विकृति‚ महिला तथा बालबालिका विरुद्धको हिंसा न्यूनिकरण सम्बन्धमा सल्लाह सुझाव आदान प्रदान तथा अन्तक्र्रिया गरी जनचेतनामुलक कार्यक्रम संचालन गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
अभियान अन्तर्गतनै ईलाका प्रहरी कार्यालय गजुरी र गजुरी गाउँपालिकाको संयुक्त आयोजनामा गजुरी गाउँपालिका वडा नम्बर गजुरीबजारमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा स्थानियवासी‚भद्रभलादमी‚बुद्धिजिवी‚महिला सञ्जाल र आमा समुहका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सामाजिक सुरक्षा‚ विकृति‚महिला तथा बालबालिका विरुद्धको हिंसा न्यूनिकरण तथा स्थानिय तह र प्रहरीबाट प्राप्त सेवा र सहयोग सम्बन्धी जानकारीमुलक कार्यक्रम सम्पन्न भएको छ । गजुरी गाउँपालिकाका सुचना प्रविधि अधिकृत विवेक नेपालको प्रमुख आतिथ्य रहेको सो कार्यक्रममा ईलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक नवराज ढुङगेलले बिषयबस्तु माथि सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।

त्यसै गरी समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी चौकी बैरेनीको संयोजनमा गल्छी गाउँपालिका वडाख नम्बर ४ मासटार स्थित जनकल्याण माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी तथा शिक्षकहरुलाई सामाजिक सुरक्षा‚ विकृति‚ महिला तथा बालबालिका विरुद्धको हिंसा न्यूनिकरण रोकथाम सम्बन्धी सचेतनामुलक कक्षा संचालन गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रबक्ता एवम सूचना अधिकारी प्रहरी नायव उपरिक्षक प्रकाश बिष्टले जानकारी दिनु भयो ।