राष्ट्रियस्तरको डण्डिवियो खेलमा धादिङको दुई वटा टिम भिड्दै

547 पटक पढिएको

प्रकाशित मिति: २९ फाल्गुन २०७५, बुधबार २१:२२

सम्पादक: Dhading News

धादिङ जिल्लाको दुई वटा टिमले पहिलो पटक राष्ट्रिय स्तरको डण्डिवियो खेलमा सहभागीता जनाएका छन । राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा राष्ट्रिय डण्डि वियो संघको संयोजनमा काठमाण्डौंमा भईरहेको माध्यमिक बिद्यालय स्तरीय  डण्डिवियो खेलमा अमरावती मावि ज्वालामुखी र नीलकण्ठ मावि धादिङबेसीको टिमले सहभागिता जनाएको हो ।प्रतियोयगिता फागुन २९ गते देखि शुरु भई चैत १ गते सम्म चल्ने छ ।

धादिङ जिल्लामा पहिलो पटक आयोजित ५० हजार राशीको जिल्ला स्तरीय डण्डीवीयो प्रतियोगितामा प्रथम बनेको अमरावती मावि र दोश्रो बनेको नीलकण्ठ माविको टिमले धादिङ जिल्लाको प्रतिनिधित्व गर्दै राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागिता जनाएको राष्ट्रिय डण्डीवीयो संघका राजकुमार श्रेष्ठले जानकारी दिनु भयो ।

के हो डण्डी बियो ? कसरी खेलिन्छ यो खेल ?

डण्डी वियो, जसलाई बियो लौरी पनि भानिन्छ। ब्यबसायिक हिसाबले त्यति प्रचलित नभए पनि बिसेष गरि पहाडी गाउघर तिर यो निकै लोकप्रिय खेल थियो।वि सं २०७४ साल सम्म यो खेल नेपाल मा रास्ट्रीय खेल को रुप मा थियो तर २०७४ साल मा सरकार ले डन्डी बियो हटाएर भलिबल लाइ रास्ट्रीय खेल को रुप मा अङ्गीकार गरेको छ। समय बित्दै जादा यो खेल को अस्तित्व समेत मेटिने खतरा महसुस गर्दै मा यस लेख मा यस खेल सम्बन्धि लेख्न गइरहेको छु। विभिन्न भौगोलिक स्थान अनुसार धेरै थोरै स्थानिय नियम फरक लाग्न सक्छ। यो मौलिक परम्परागत खेल, दुइ वा दुइ भन्दा बढी व्यक्ति या समूहबीच एक अर्को बिरुद्ध खेलिने खेल हो। सानो तथा मध्यम आकारको चौर मा खेल्न मिल्ने यो खेल फुर्सद को समय बिताउन को लागि निकै उपयोगी देखिन्छ। यो खेल खेल्नु पुर्व दुइ जना या दुइ समूह बनाइन्छ। आपसी समझदारीमा खेलाडीहरु बीच खेल जित्न को लागि आवस्यक लक्ष्य अङ्क निर्धारण गरिन्छ । खेलको नियम अनुसार खेली जसले सबै भन्दा पहिला निर्धारित संचयी अङ्क प्राप्त गर्छ उसै व्यक्ति या समूह ले खेल जित्छ।


केहि शब्दावलीहरु
खोप्पी – हल्का खोस्रेर डन्डी तथा बियो को आकार को (|-) आकार को जमिन मा बनाइएको चिन्ह
ठ्याक – खेल्ने क्रम मा खेल्ने व्यक्ति ले बियो लाइ जमिन बाट उफारेर डन्डीको सहायताले बियो लाइ जमिन मा खस्न नदिन को लागि बियो लाइ आकास तर्फ़ हानिएको क्रिया जुन गनिन्छ। धेरै ठ्याक लगाउनु बढी फाइदाजनक हुन्छ।
बित्ता -बित्ता
कुरेत – माझी र साइली औला मुठी पार्दाखेरी चोरि र कान्छी औला बीच को दुरी, जुन ५ ठ्याक लगाएपछि प्राप्ताङ्क हिसाब गर्न प्रयोग गरिन्छ।
कुहिनु/मर्नु – खेल बाट सबै को पालो नसकिने बेला सम्म बाहिरिनु।

आवस्यक सामाग्रीहरु :-
कम्तिमा २० मिटर लम्बाई चौडाई भएको चौर
एक समूह लौरी बियो ( यो निश्चित मापदण्ड को हुन्छ लौरी १ हात अर्थात इन्च र त्यसको ठिक आधा लम्बाई को बियो। विभिन्न उमेर समूहको आवस्यकता अनुसार विभिन्न मोटाइको लौरी बियो निर्माण गर्न सकिन्छ। लौरी दुइ छेउ मा सिधा गिडीएको हुन्छ भने बियो को मध्ये भाग मोटो अनि दुइ छेउ मा हल्का तिखारिएको हुन्छ, जसकारण खेल्ने बेला लौरी ले बियो को छेउ मा सुस्तरी हान्दा उफ्रिने हुन्छ।)
एक खोप्पी, जमिनमा हल्का खनेर या खोस्रेर खोप्पी बनाइञ्छ जुन (|-) आकारको हुन्छ, ठाडो चिन्ह मा लौरी ठिक्क अट्छ भने तेर्सो चिन्हमा बियो ठिक्क अट्छ।

खेल्ने तरिका

सुरुमा दुइ समूह बीच थुक कि सुक गरि पहिला कसले खेल्ने गरि निर्धारण गरिन्छ। थुक कि सुक भनेको coin Toss जस्तै हो तर परम्परागत रुप मा एक सिक्का आकारको ढुंगा मा एक पाटो मा थुकेर भिजाइन्छ र घुम्ने गरि आकास मा फ्याकिन्छ यदि अर्को समुहले अनुमान गरेको पाटो माथि पर्यो भने अर्को समूह ले पहिला खेल्ने कि पछि खेल्ने भनेर निर्णय गर्छ यदि अनुमान गलत भयो भने सोहि समूह या व्यक्ति ले निर्णय गर्छ।

सुरुमा खेल्ने व्यक्ति या समुहले खेल सुरु गर्दा बियो को चिन्ह मा बियो लाइ जोड चिन्ह बनाइ राख्छ अनि अगाडी उभिएका बिपक्षि लाइ ‘दियो?’ भनि सोध्छ दिने इसारा पाएपछि डण्डी को सहाराले बियो लाइ सक्दो पर पुर्याउनको लागि अगाडी हुत्त्याइदिञ्छ। यदि अगाडी उभिएका बिपक्षिहरु ले त्यो बियो जमिन मा नपर्दै हात ले छोप्न सफल भए भने खेलाडी कुहिन्छ। यदि भुइमा झर्यो भने खेलाडी ले डण्डी लाइ डण्डीखाना मा राख्छ। बिपक्षि ले बियो लाइ डण्डी लक्षित गरि फ्याक्छ। यदि बियो ले त्यो डण्डीलाइ छुन तथा खोप्पी को कुनै भाग मा अडीन सफल भएमा खेलाडी कुहिन्छ। यदि बियो खोप्पी बाहिर अडिएमा खेलाडी खेल्न अगाडी बढ्छ। अब खेलाडी संग बियो लाइ उफारेर ट्याक लगाउने ३ पटकको अवसर हुन्छ। धेरै ट्याक लगाउनु अनि बियोलाई खोप्पी देखि टाढा पुर्याउन सके मा धेरै अंक प्राप्त हुन्छ। आपसी समझदारी मा व्यक्ति नकुहिनको लागि तथा फेरी खेल्न को लागि आबस्यक न्युनतम प्राप्तंक तोकिएको हुन सक्छ। यदि तोकिएको छ भने फेरी खेल्न को लागि सो न्युनतम प्राप्तंका त्यो पटक मा प्राप्त गर्नु पर्ने हुन्छ नत्र सो खेलाडी मर्छ। यदि न्युनतम ट्याक लगाई न्युनतम अंक प्राप्त हुने अवस्था छ भने खेलाडी ले सम्भावित अधिकतम अंक माग गर्छ, यदि बिपक्षि लाइ सो अंक उचित लागेमा सिधै हुन्छ भन्छ यदि उचित नलागे मा नियम अनुसार मापन गरि सिद्द गर्छ। मापन गर्दा माग गरेको अंक आयो भने खेलाडी पुन खेल्न पाउछ यदि आएन भने उ मर्छ अनि उसको समूह को अर्को सदस्य अथवा सबै सदस्य मरेको या व्यक्तिगत खेल भएको खण्डमा अर्को समूह खेल्न सुरु गर्छ। यदि कुनै समुहले पनि एक पटकमा निर्धारित अंक प्राप्त नगरेमा प्राप्त गरेको अंक मा जोडिने गरि पुन खेल दोहोरिन्छ। जसले या जुन समुहले निर्धारित अंक छिटो प्राप्त गर्छ उसले नै बाजी मार्छ।

प्राप्ताङ्क गणना गर्ने बिधि

खेलाडीले न्युनतम ट्याक लगाई न्युनतम आवस्यक अंक आउने दुरी सम्म पुर्याएपछि प्राप्ताङ्क मापन गरिन्छ।
१. एक ठ्याक लगाएमा लौरी ले एकात्मक अंक नापिन्छ। जस्तो कि बियो वीस लौरी को दुरी बराबर टाढा पुगेको छ भने र २० अंक माग गरियो भने प्राप्ताङ्क २० हुन्छ।
२. २ ठ्याक लागेको खण्डमा बियो मार्फत एकात्मक अंक नापिन्छ।
३. ३ ठ्याक लागेमा लौरी ले नापिन्छ र आएको अंक मा ५ ले गुणन गरिन्छ, जस्तोकि २० लौरी आयो भने प्राप्ताङ्क २०x ५ =१०० हुन्छ।
४. ४ ट्याक लगायो भने बियो ले नापी ५ ले गुणन गरिन्छ, जस्तोकि २० बियो आयो भने प्राप्ताङ्क २०x ५ =१०० हुन्छ।
५. ५ या ६ ठ्याक लगायो भने कुरेतले नापिन्छ यानेकि लौरी १० कुरेतको हुन्छ लौरी ले नापी १० ले गुणन गरिन्छ।
६. ७ या ८ ठ्याक लगायो भने बियो ले नापी १० ले गुणन गरिन्छ।
७. ९, १० या त्यो भन्दा धेरै ठ्याक लगायो भने लौरी ले नापी २० ले गुणन गरिन्छ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२९ फाल्गुन २०७५, बुधबार २१:२२ मा प्रकाशित

समाचार

सबै

चौँरीपालनमा युवापुस्ताको कम आकर्षण

धादिङ । धादिङ जिल्लाको हिमाली क्षेत्र रूवीभ्याली गाउँपालिकाको उच्च भेगका किसानहरुको आम्दानीको राम्रो स्रोत बनेको चौँरीपालन व्यवसायमा युवापुस्ताको आकर्षण घट्दै जान थालेको छ । दुःख गर्न सक्दा राम्रै.....

सिरानवजारमा पहिरो रोक्न सडक छेउमा वृक्षारोपण

धादिङबेसी-धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीको सिरानवजारमा मुख्य सडक भासिएर दर्जनौं घर जोखिममा पर्ने क्रम.....

धादिङबेसीमा सिद्धार्थ बैंकको शाखा सञ्चालनमा

धादिङबेसी- धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा बैक तथा वित्तिय संस्थाको शाखा स्थापना हुनेक्रम बढ्दै गएको छ ।.....

हुवासिन सिमेन्टको जग्गा भाडा सम्झौता प्रक्रिया मन्त्रिपरिषदमा

धादिङ, ३२ साउन। धादिङको वेनिघाट रोराङ गाउँपालिकाको ताल्तीमा निर्माण हुन लागेको हुवासीन सिमेण्ट उद्योगका लागि.....

हावाले उडाएको पुल मध्य बर्षामा ढलान गरिंदै

धादिङ- निर्माण कार्य शुरु भएको पाँच वर्ष विति सक्दापनि सम्पन्न हुन नसकेको नुवाकोटको केउरिनी बाट धादिङको.....

Categories