गत बर्षको च्याम्पियनशिप पछार्दै अमरावती सेमिफाइनलमा

1224 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 धादिङ- काठमाण्डौंमा जारी राष्ट्रियस्तरको अन्तर मावि डण्डिवियो प्रतियोगितामा गत बर्षको च्याम्पियनशिप टिमलाई पराजित गर्दै धादिङको अमरावती मावि सेमीफाईनल चरणमा प्रवेश गरेको छ ।विहिबार भएको खेलमा अमरावती माविले काभ्रेको गोल्डेन फ्युचर माविलाई १८८ बिरुद्ध २२४ ल्याएर पराजित गरेको हो । गोल्डेन फ्युचर २०७४ सालको अन्तर मावि राष्ट्रिय डण्डिवियो प्रतियोगिताको च्याम्पिएनशिप हो ।विहिबार भएको खेलमा  १८८ बिरुद्ध २२४ ल्याएर  काभ्रेको गोल्डेन फ्युचर माविलाई हराउन अमरावती मावि सफल भएको हो । । गोल्डेन फ्युचर २०७४ सालको यसै गरी विहिवारनै भएको पहिलो चरणको खेलमा अमरावतीले काठमाण्डौंको त्रिकोण माविको टिमलाई १४० बिरुद्ध ३०९ ल्याएर जित हासिल गरेको थियो ।

प्रतियोगितामा धादिङ जिल्लाको दुई वटा टिमले पहिलो पटक राष्ट्रिय स्तरको डण्डिवियो खेलमा सहभागीता जनाएका छन । राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा राष्ट्रिय डण्डि वियो संघको संयोजनमा काठमाण्डौंमा भईरहेको माध्यमिक बिद्यालय स्तरीय  डण्डिवियो खेलमा अमरावती मावि ज्वालामुखी र नीलकण्ठ मावि धादिङबेसीको टिमले सहभागिता जनाएको छ । नीलकण्ठ माविको टिमले शुक्रवार सेमिफाइनलका लागि प्रतिस्पर्धा गर्दैछ ।  फागुन २९ गते देखि शुरु शुरु भएको प्रतियोयगिता चैत १ गते सम्म चल्ने छ ।

धादिङ जिल्लामा पहिलो पटक आयोजित ५० हजार राशीको जिल्ला स्तरीय डण्डीवीयो प्रतियोगितामा प्रथम बनेको अमरावती मावि र दोश्रो बनेको नीलकण्ठ माविको टिमले धादिङ जिल्लाको प्रतिनिधित्व गर्दै राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागिता जनाएको राष्ट्रिय डण्डीवीयो संघका राजकुमार श्रेष्ठले जानकारी दिनु भयो ।