धादिङको सल्यानटारमा ८५ जनामा हात्तीपाइले

321 पटक पढिएको

प्रकाशित मिति: १ चैत्र २०७५, शुक्रबार ०९:५०

सम्पादक: Dhading News

धादिङ– धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटारमा ८५ जनामा हात्तीपाइलेको समस्या देखिएको छ । उपचार सम्भव नभएपछि लामो समय देखि उनिहरु  कष्टकर जिवन विताउन वाध्य छन ।

औषधीले रोग लागिसकेकालाई खासै असर नगर्ने भएपछि सल्यानटारका पीडितले जिवननिर्वाहका लागि सहयोग गरिदिनका लागि आग्रह गरेका छन् ।

हात्तीपाइले भएर थला परेपछि काम गर्न नसक्दा उनीहरुलाई दैनिक जीवनयापनमा पनि समस्या भएको छ ।  गाउँ गाउँमा हात्तीपाइले विरुद्धको जनचेतनामुलक अभियान सञ्चालन गरेपनि पुराना विरामीको लागि  सहयोग गर्ने कुनै कार्यक्रम नरहेको जिल्ला स्वास्थ्य कार्यालय धादिङका निमित्त प्रमुख वालकृष्ण नेपाली बताउनुहुन्छ ।

त्रिपुरासुन्दरी गाउँपालिका साथै धादिङका अन्य पालिकामा गरी धादिङमा हात्तीपाइले रोगबाट खुट्टा सुन्निएकाको संख्या चार सय ३ जना रहेका छन् । त्यसैगरी हाइड्रोसिल भएकाको संख्या ११ सय ५४ र हात्तीपाईले रोगबाट हात स्तन अथवा अन्य ठाउँमा प्रभावित भएकाको संख्या १ सय ९६ रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

वर्षको एक मात्रा औषधी लगातार ६ वर्षसम्म सेवन गरेमा हात्तीपाइले रोग हुनबाट बचिने भएपनि रोग लागि सकेकालाई भने औषधिले कुनै काम नगर्ने जिल्ला अस्पताल धादिङका चिकित्सक कृष्णलाल उप्रेती वताउनुहुन्छ ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

१ चैत्र २०७५, शुक्रबार ०९:५० मा प्रकाशित

 

 

 

समाचार

सबै

थिएटर मलमा एकै मञ्चमा बालबालिकाको तीन नाटक मञ्चन

काठमाडौं । विभिन्न नाट्य प्रस्तुुति मञ्चन गर्दै ‘लिटल थिएटर ग्यारेज’को पा“चौ संस्करण सम्पन्न भएको छ । थिएटर मल–कीर्तिपुर रंगमञ्चमा बालबालिकाहरुले नृत्य तथा अभिनयात्मक खेलको साथमा तीन नाटक मञ्चन गर्दै सो.....

यूनाइटेड सिमेन्ट वातावरणमैत्री- पायो आइएसओ सर्टिफिकेट

धुनिबेसी । धादिङको धुनिबेसी नगरपालिकामा रहेको यूनाइटेड सिमेन्ट्स प्रा.लि.ले इन्टरनेशनल सर्टिफिकेसन सर्भिसेज.....

२३ करोड इन्टरनेट प्रयोगकर्ताको एउटै पासवर्ड

काठमाडौं । आजकल इन्टरनेट प्रयोगकर्ताहरुको विभिन्न तरिकाले खाता ह्याक भई दुरुपयोग बढदै गएको छ । यसरी अर्काको.....

नेकपा धादिङको अध्यक्षमा भूमी त्रिपाठी, सचिवमा शालिकराम जमकट्टेल

धादिङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ७७ वटै जिल्लामा एकै साथ पार्टीको नेतृत्व टुंगाएको छ । पार्टी एकता भएको.....

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जिल्ला कमिटी एकता घोषणा केहीबेरमा हुंदै

धादिङ– नेपालमा कम्युनिष्ट आन्दोलनका लागि आज ऐतिहासिक दिन । नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको आज  ७० वर्ष.....

Categories