प्रगतिशिल लेखक सङ्घ धादिङमा नयाँ नेतृत्व

800 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

०२ चैत २०७५

धादिङ

प्रगतिशिल लेखक सङ्घ धादिङको प्रथम जिल्ला अधिवेशनले रमेश अधिकारीको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
शनिबार धादिङबेँसीमा सम्पन्न अधिवेशनले समितिका संयोजक अधिकारीको नेतृत्वमा सर्वसम्मत कार्यसमिति निर्वाचित गरेको हो ।
समितिको उपाध्यक्षमा केशव दुवाडी, सचिवमा विष्णुप्रसाद कोइराला, कोषाध्यक्षमा सिर्जना अर्याल र सदस्यहरुमा शैलेन्द्र अधिकारी, सञ्जय देवकोटा, प्रकाश सापकोटा, भुवन थापा, इच्छुक अनिच्छुक, गोविन्द बुढाथोकी, गायत्री खतिवडा, हरि सुनार र सरस्वती पाण्डे रहनुभएको छ । वामपन्थी लेखकहरुको साझा मोर्चा प्रलेस यही चैतको तेस्रो साता ११ औँ राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको छ ।
सङ्घका केन्द्रीय सचिव प्रकाश सिलवालको उपस्थितिमा सम्पन्न अधिवेशनको बन्द सत्रले जिल्लाको प्रगतिशील साहित्यिक आन्दोलन र गतिविधिलाई थप क्रियाशील तुल्याउन जोड दिएको छ ।

सचिव सिलवालले प्रगतिशील लेखकहरुले सामन्तवाद र साम्रज्यवादविरोधी संस्कृतिका विरुद्ध लेखन र कर्मका माध्यमबाट सामाजिक रुपान्तरणका तथा कम्युनिष्ट एकताका लागि भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
शाखाको सल्लाहकारमा उत्तम कँडेल, शालिकराम अर्याल, नवराज छतकुली र राधिका सापकोटालाई चयन गरिएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।