त्रिपुरासुन्दरीको तिलारमा दुर्घटना , एकको मृत्यु चार घाईते

750 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,४ चैत –  धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नम्बर ४ तिलारमा मिनिट्रक पल्टिंदा एक जनाको ज्यान गएको छ । चार जना घाईते भएका छन ।
त्रिपुरासुन्दरी गाउँपालिकाको खहरेबाट ढुंगा बोकेर कार्कीगाँउतर्फ जादै गरेको ग १ ख ५९५९ नम्बरको स्वराज मिनिट्रक (आईचर) सोमबार विहान साँढे १० वजे तिर सडकबाट एक्कासी अन्दाजी १५ मिटर तल खस्न गई दुर्घटना भएको हो ।
दुर्घटनामा परि धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ७ बस्ने बर्ष २७ कोे अर्जुन भुजेल रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । भुजेल ट्रकमा चढेर गाउँ जाँदै गर्दा दुर्घटनामा परेका हुन ।
ट्रकका चालक त्रिपुरासुन्दरी ४ का २८ बर्षिय राजेश भण्डारीको टाउको र ढाडमा चोट लागेकोले उनको उपचारको लागि ट्रमा सेन्टर काठमाण्डौ पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । यसै गरी त्रिपुरासुन्दरी ७ बस्ने २५ बर्षिय तिलक श्रेष्ठको पनि दाहिने खुट्टा भाँचिएकोले उनलाई पनि उपचारको लागि ट्रमा सेन्टर काठमाण्डौ पठाइएको छ ।
त्रिपुरासुन्दरी ४ का २५ बर्षिया बिमला तिमल्सेना, २६ बर्षका बिष्णु सुर्खेतीको स्थानिय मेडिकलमा उपचार भई रहेको छ । तिमल्सेना यात्री हुन भने सुर्खेती ट्रकमा ढुंगा लोड अनलोड गर्ने मजदुर हुन उनिहरु दुवै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको खबर आउना साथ प्रहरी तथा स्थानियवासीहरु घटनास्थल पुगि घाईतेहरुको उद्धार गरेका थिए । ग्रामीण कच्चि सडकमा भएको सो दुर्घटनाको अनुसन्धान कार्यका लागी जिल्ला प्रहरी कार्यालय धादिङबाट प्रहरी टोली खटि गएको र शव पोष्टमार्टमको लागी प्राथमिक स्वास्थ्य केन्द्र सल्यानटारमा राखिएको पनि जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रकाश बिष्टले जानकारी दिनुभयो ।