धादिङमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गयो

737 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

वेनिघाटरोराङ-धादिङको वेनिघाटरोराङ गाउँपालिका वडा नं ५ मा पर्ने पृथ्वीराजमार्गको गौमतीखोला पुल नजिकै मंगलबार राती सवा ९ वजे तिर  भएको दुर्घटनामा परि एक जनाको ज्यान गएको छ ।

हेटौडाबाट काठमाण्डौ तर्फ जादै गरेको ना ६ ख ४११४ नं.को ट्रकले बिपरित दिशाबाट आउँदै गरेको ग १३ प ८०८५ नं.को मोटरसाईकललाई ठक्कर दिंदा एक जनाको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा घाईते भएका मोटरसाईकल मा चालक भन्दा पछि बसेर यात्रा गर्ने  कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं.२३ बस्ने २० वर्षीय दिपक पुन मगरको उपचारका लागि लैजादै गर्दा बाटोमा नै ज्यान गएको हो । दुर्घटनामा मोटरसाइकल चालक पोखरा महानगरपालिका वडा नं.२३ बस्ने २१ वर्षीय सुरज अधिकारी घाईते भएका छन् । दुवै खुट्टामा चोट लागेका उनको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

ठक्कर दिने ट्रकका चालक मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं. ११ का राम बहादुर गोले प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी  दिनु भयो ।