महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या बढ्यो

807 पटक पढिएको

प्रकाशित मिति: ९ चैत्र २०७५, शनिबार १७:२५

सम्पादक: धादिङ न्यूज

महिलाको नाममा जग्गा पास बढ्योकाठमाडौं । महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या बढेकोे छ । चालू आर्थिक वर्ष (आव) २०७४/७५ को ७ महीना (साउनदेखि माघसम्म)मा अघिल्लो आव २०७३/७४ को सोही अवधिको तुलनामा महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या बढेको हो । आव २०७३/७४ को साउनदेखि माघसम्म ७५ हजार ५ सय १३ जना महिलाको नाममा जग्गा पास भएको थियो । त्यस्तै, चालू आवको सोही अवधिमा ७९ हजार ४ जना महिलाको नाममा जग्गा पास भएको भूमिसूधार तथा व्यवस्थापन विभागको तथ्याङ्कमा उल्लेख छ । यो सङ्ख्या अघिल्लो आव २०७३/७४ को भन्दा ३ हजार ४ सय ९१ बढी हो ।

गत आव २०७३/७४ देखि महिलाको नाममा पास भएको जग्गा तुरुन्तै खरीदविक्री गरे पनि छूट रकम फिर्ता गर्नु नपर्ने नियम सरकारले लागू गरेको छ । यसअघि २५ प्रतिशत छूट पाएर महिलाको नाममा पास भएको जग्गालाई ३ वर्षभित्र बेचेमा छूट रकम फिर्ता गर्नुपथ्र्यो । सरकारले यस्तो घोषणा गरेसँगै महिलाको नाममा जग्गाको कारोबार पहिलेभन्दा बढेको भूमिसूधार तथा व्यवस्थापन विभागले जानकारी दिएको छ । जग्गा कारोबारीले नयाँ व्यवस्थाको फाइदा उठाएकोले सङ्ख्या बढेको सम्बन्धित व्यवसायीको भनाइ छ ।

सरकारले आव २०६४/६५ देखि जग्गा पास गर्दा महिलालाई छूट दिन थालेको हो । सरकारले महिलाको नाममा जग्गा पास गर्दा शहरी क्षेत्रमा २५ प्रतिशत तथा ग्रामीण क्षेत्रमा ३० प्रतिशत छूट दिँदै आएको छ । सरकारले महिलाको भू–स्वामित्व बढाउन छूट दिने नीति बनाएपछि विगतका वर्षमा सोको सङ्ख्या केही बढेको थियो । तर पनि वास्तविक हकदार भने थोरै मात्र बढेको जानकारहरू बताउँछन् । विशेषगरी बढी मूल्यका जग्गा महिलाको नाममा पास हुने गरेको छ ।

महिलाको नाममा पास गर्दा २५ प्रतिशत छूट पाइने भएकाले करोडौंको जग्गामा त्यो छूटले ठूलो अर्थ राख्ने सम्बद्धहरू बताउँछन् । सरकारले महिला, दलित र ज्येष्ठ नागरिकका नाममा घरजग्गा पास गर्दा राजस्वमा छूट दिँदै आएको छ । ७० वर्षमाथि उमेरका वृद्धको नाममा स्वामित्व दर्ता भएमा पनि महिलासरह राजस्वमा छूट दिने व्यवस्था छ भने सीमान्तकृत समुदायको नाममा राजिष्ट्रेशन पास गर्दा शहरी क्षेत्रमा २५ र ग्रामीण क्षेत्रमा ३० प्रतिशतसम्म छूट दिने सरकारी व्यवस्था छ ।

आव २०७३/७४ मा ६७ प्रतिशत बढ्यो
नेपालभरका मालपोत कार्यालयबाट आव २०७३/७४ मा २ लाख १० हजार ४ सय २८ महिलाको नाममा जग्गा पास भएको भूमिसूधार तथा व्यवस्थापन विभागको तथ्याङ्क छ । यो सङ्ख्या आव २०७२/७३ को तुलनामा ६७ प्रतिशत बढी हो । सरकारले आव २०७३÷७४ देखि महिलाको नाममा पास भएको जग्गा तुरुन्तै विक्री गरे पनि छूट रकम फिर्ता गर्नु नपर्ने नियम लागु गरेकोले सङ्ख्या धेरै बढेको विभाग स्रोतको भनाइ छ । चालू आवको माघसम्ममा सङ्ख्या उल्लेख्य बढ्न सकेको छैन । त्यस्तै, विभागको तथ्याङ्कअनुसार आव २०६८/६९ मा २ लाख ३४ हजार ६ सय ६९, आव २०६९/७० मा २ लाख २९ हजार ४ सय ८१, आव २०७०/७१ मा २ लाख ६७ हजार २ सय ६२ र आव २०७१/७२ मा २ लाख ९ सय ५७ महिलाको नाममा जग्गा पास भएको देखिन्छ ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

९ चैत्र २०७५, शनिबार १७:२५ मा प्रकाशित

समाचार

सबै

धादिङका छैटौ व्यक्तिमा कोरोना सकंम्रण

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ७ का ३३ बर्षिय पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । भारतको हरियाणाबाट एक साता अघि घर फर्किएका ति पुरुषलाई नीलकण्ठ नगरपालिकाले क्वारेन्टाइनमा राखेर आरडिटी.....

धादिङका अनलाइन संचालकहरु संगठित, तदर्थ समिति गठन

धादिङ, २४ जेठ - धादिङ जिल्लाबाट सञ्चालित अनलाइन न्यूज पोर्टलहरुको व्यवसायिक हक हितको संरक्षण र सम्वद्र्धन गर्न.....

काठमाण्डौंमा जागिरे धादिङकी महिलामा कोरोना संक्रमण

धादिङ, २३ जेठ - रोजगारीको लागि राजधानी बस्दै आएकी धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ३ छत्रेपाटी महेशफाँट घर.....

लकडाउनलाई अवसरका रुपमा लिऔं

सानुबाबु तिमिल्सिना सिद्धलेक गाउँपालिका वडा नम्वर १ स्थित बैरेनी क्षेत्रका युवाहरुले अहिले जारी लकडाउनको.....

किन हामी फेसबुक र चटपटेप्रेमी भएको ?

मेरो सुकौरा म आजभोली सामाजिक संजाल फेसबुकमा दैनिक १० औं घण्टासम्म झुन्डिरहने मानिसहरु देखिरहेका छु । म.....

Categories