सारङगीको तारमा अल्झीएको जीवन

623 पटक पढिएको

सम्पादक: Dhadingnews.com

केपिकिरण शर्मा
चितवन ०९,साउन ।.छिन्छ क्यारे सारङगी तार दुःख सुख यस्तै हो सन्सार, चड्दो साउनको बढदो
गर्मी संगै वगिरहेका पसिनाका धाराको पर्वाहा नगरी एकोहोरो सारङगी रेटदै
थिए रामबहादुर गन्धर्ब । ५० बर्षिय गन्धर्बको दैनिक विहान सारङगीको धुन
संगै सुरु हुन्छ र वेलुकी पनि सारङगीको अन्तिम ¥याई ¥याई संगै आफनो
बासस्थान फर्कन्छन । लम्जुङ जिल्लाको राईनासमा ६ दाजुभाई संगै जन्मिएका
जेठा रामबहादुर आफनो गृह जिल्ला लम्जुङ नटेकेको एक दशक भन्दा बढि भईसक्यो
। त्यसो त आफु जन्मिएको माटो प्रति माया नलागेर उनी गाउँ नर्फकेका होईनन्
। उनका पाचै भाईहरु कोही मुलुकका प्रमुख शहरहरुमा रहेर सारङगी रेटिरहेका
छन । पिता पुर्खाले नासो स्वरुप दिएको त्यही सारङगीले उनीहरुको सबै
परिवारको जीवन चलिरहेको छ । युवा बयमा गाउँ घरमा सारङगी रेट्दै हिड्दा
रामबहादुर कम्ति रौसिला गीत गाउथेनन् । सारङगीको तालमा गीत गाउदै उनले २०
बर्षे लक्का जवान उमेरमा चितवन माडीकी पुतली गन्धर्बलाई  जिवन संगिनीका
रुपमा घरमा भित्र्याए । घरमा केही दिन बसेर आर्जन गर्ने हेतुले त्यही
सारङगी रेट्दै गाउँ घर डुलेर ६ महिना पछि घर फर्कदा त आफुले कति मनपारएर
ल्याएको जिवन संगिनी अर्को संग विवहा गरेर गएपछि उनलाई कहिल्यैं दोश्रो
विवहा गर्ने सोच पलाएन । श्रीमतिले छोडेर गएको चोट उनमा अहिले पनि ताजै छ
। त्यसैलै उनले सारङगीको भाकामा पनि उनले प्रया जसो पिर विरह र व्यथाको
गीत गाउँने गरेका छन । चर्चित गायक तिर्थबहादुर गन्धर्ब हुन या बुकुले
गन्धर्ब हुन उनको स्वर र कला पनि कोही भन्दा कम थिएन । तर श्रीमतिको
विछोड पछि उनले विरहमा थुप्रै गीत गाए । गीत गाउदै हिडने क्रममा एक दिन
उनी अकस्मात् टाईफाईट थलिए । तीन महिना थलिएर निको हुदा उनको गीत गाउने
स्वर काम नलाग्ने भईसकेको रहेछ । तै पनि उनले हिम्मत हारेनन । वावुवाजेको
नासो सारङगीलाई छाडेनन् । लर्बराउदो स्वरमा सारङगी रेटदै गाउँ घर डुल्ने
क्रमलाई निरन्तरता दिए । अहिले उनी पूर्वी चितवनको चैनपुरमा रहेको काकाको
घरमा शरण लिएर वसेका छन । दिन भरी सारङगी रेट्दै चामल पैसा बटुल्दै हिडछन
। बेलुका बास बस्न चैनपुर जान्छन । अहिले सम्म त उनलाई गाह्रो सारो परेको
छैन । एक्लो मान्छे जहाँ जाला वई खाला भनेझै भएको छ । तर ज्यान गल्दै
गएपछि बुढेसकालको सहारा नहुँदा त्यही आफनो वावुले दिएको सारङगीलाई उनले
आफनो सहारा सम्झेका छन । कसैले किन्न त्यो सारङगी माग्यो भने उनी भन्छन
यो पैसामा आउने सारङगी होईन मेरो वावुको नासो हो । म नमरुञ्जेल यो सारङगी
छोडने छैन । पछिल्लो पुस्ताका गन्धर्बहरुमा सारङगी मोह घटदै गएको प्रति
उनको निकै गुनासो छ । उनी भन्छन गन्धर्ब जातीको सम्पतीनै सारङगी र कला हो
। त्यो नै भएन भने केको सम्पती ।