धादिङमा एउटै बिद्यालयका पाँच जना दृष्टिविहिन एसइई दिंदै

1028 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,११ चैत – धादिङमा एउटै बिद्यालयमा पढेका पाँच जना दृष्टिविहिन बिद्यार्थीहरु एसइई परीक्षामा सहभागि भएका छन ।
जनजागृति माविका शिक्षक रामचन्द्र रुपाखेतीका अनुसार दृष्टिविहिन श्याम गैरे, दिनेश लाल श्रेष्ठ,संगिता घले,ओमकुमारी तामाङ र सिता आलेमगरले थांक्रे गाउँपालिकाको महाकाली माविबाट एसइई परिक्षा दिएका हुन ।
दृष्टिविहिन विद्यार्थीका लागि छुट्टै प्रश्नपत्र नहुने भएकाले उनिहरुले सहयोगी राखेर परीक्षा दिन पाउनेछन् ।दृष्टिविहिन बिद्यार्थीहरु अध्ययन गर्ने जिल्लाकै एक मात्र श्रोत केन्द्र जनजागृति माविमा मात्र रहेको र यहाँबाट परिक्षामा सामेल भएका सबै उतिर्ण भएको रुपाखेतीले जानकारी दिनु भयो । २०६७ सालदेखि ०७४ सम्म जनजागृति माविबाट ९ जना दृष्टिविहिन छात्रछात्राले एसइई परिक्षा उर्तिण गरिसकेका छन । धादिङ जिल्लाबाट ५ हजार ८ सय ९८ जना परीक्षार्थीहरु सहभागी भएको शिक्षा विकास तथा समन्वय इकाई कार्यालय धादिङले जानकारी दिएको छ । अघिल्लो वर्ष ६ हजार ३ सय ६२ जना परीक्षार्थीहरु सहभागी भएका थिए । परीक्षाका लागि जिल्लाभर २६ वटा परीक्षा केन्द्र तोकिएको छ ।