क्रिकेट रंगशाला बनाउन धमला दम्पत्तिले दिए ३ लाख

1313 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं, १२ चैत । चितवनको भरतपुरमा निर्माणहुन लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणका लागि पत्रकार ऋषि धमला र उनकी पत्नी एलिजा गौतमले तीन लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
धमला दम्पतीले सोमबार ‘धुर्मुश–सुन्तली’फाउण्डेशनको काठमाण्डौं स्थित कार्यालयमै गएर सो रकम दिएका हुन् । पत्रकार धमलाकी पत्नी नायिका एलिजा गौतमको जन्मदिनको अवसर पारेर रंगशाला निर्माणमा सहयोग पुगोस भनि सो रकम सहयोग गरिएको रिपोर्टस क्लवका अध्यक्ष पत्रकार ऋषि धमलाले धादिङ न्यूजलाई बताउनु भयो ।धादिङको ज्यामरुङमा जन्मिएका धमला रिपोर्टस क्लवका अध्यक्ष समेत हुन । धमला राजधानीमा रहेर छापा तथा बिद्युत्तिय संचारमाध्यममा पत्रकारितामा सक्रिय छन ।