नोट भन्दै कागजको विटो देखाएर ठगि गर्ने गिरोह गल्छीबाट समातिए

1016 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ –  धादिङको गल्छीबाट प्रहरीले ठगि गर्दै हिंड्ने गिरोहका पाँज जनालाई स्कारपियो जिप सहित पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिहरु नेपाली नोटको साईजमा कागज काटी त्यस्को तल माथि नोट राखेर भित्र कागजलाई नोट भनि ठगि गर्ने गिरोह भएको प्रहरीले जनाएको छ ।
काठमाण्डौंबाट पृथ्वी राजमार्ग हुंदै गल्छी आएर नुवाकोट तर्फ जान लागेको बा १४ च ६३६७ नम्वरको स्र्कापीयो जिप गल्छीचोकमा रोकेर चेक जाँच गर्दा प्रहरीले उनिहरुको साथबाट नगद तीन लाख ३९ हजार पाँच सय नगद वरामद गरेको छ । खाली कागजको टुक्रालाई नेपाली नोट एक हजार र पाँच सयले ढाकेर जिप भित्र रातो झोलामा राखेको भेटिएपछि ति युवाहरु माथि शंका लागेर अनुसन्धान गर्दा उनिहरु व्यवसायिक ठग रहेको खुलेको प्रहरीले जनाएको छ ।
नगरद बरामद गरेको छ । उनिहरुको साथबाट प्रहरीले झोलामा लुकायर राखेको तिन लाख ३९ हजार पाँच सय र एक हजार र पाँच सयको नोट जस्तो देखीने मिलायर काटेको कागज सहित पनी बरामद गरेको छ ।
सिधा साधा व्यक्तिलाई ललाई फकाई बहुमुल्य सामानहरु किन्छु भनि मोलमोलाई गरी नोटले ढाकेको खाली काजगको विटो दिएर ठगि गरि सामान फुत्काउने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले पाँच जना युवालाई अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
काठमाण्डौबाट पृथ्वीराजमार्ग हुंदै गल्छी आएर नुवाकोटतर्फ जान लाग्दा विहिवार गल्छीमा चोकमा उनिहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा रसुवा नौकुण्ड गाउँपालिका–६का २० वर्षीया बुद्धमाया तामाङ्ग,सोही ठाँउका ३० वर्षीय सुकुमान तामाङ्ग, सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–४का २८ वर्षीय पुरुषेत्तम सापकोटा गुल्मी मालीका गाउँपालिका–४का २३ वर्षीय हिमाल अर्याल र सिन्धुली सुनकोशी गाउँपालिकाका २७ वर्षीय सुजन बैद्य रहेको का प्रहरी उपरिक्षक राजकुमार वैदवारले जानकारी दिनुभयो ।