धादिङको उत्तरी भेगकावासिन्दा महंगो भाडा तिर्न वाध्य

699 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ । सडकको अवस्थामा कहिले पनी सुधार नभएकोले नै यात्रुहरुले महङ्गो भाडा तिर्न बाध्य भएको भनाई धादिङको उत्तरी भेगका स्थानीयहरुको छ ।
करिव तीस किलोमीटर सडकमा यात्रा गर्नका लागी यात्रुहरुले सरकारले तोकेको भन्दा दश गुणा बडी भाडा तिरेर यात्रा गर्न बाध्य बनेका छन् । यसको नियति भेग्न बाध्य छन् साङ्कोष तिप्लीङ्ग सडकमा यात्रा गर्ने यत्रु । हरेक वर्ष सरकारले एक करोडको भन्दा बडी लगानी गरेको भए पनी साङ्कोष तिप्लीङ्ग सडक खण्डको अवस्थामा भने कहिले पनी सुधार आउन सकेको छैन । यात्रुहरु मात्र होईन सवारी चालकहरुले पनी जेखीम नै अपनाई सवारी चलाउनु बाध्य बनेका छन् । सडक मर्मत भनी सो सडकमा लगाईएको पैसाको सदुपयोग नहुनु रदलहरुको भाग बण्डाका कारण सडकको हवस्था यस्तो भएको भनाई स्थानीय उपभोक्ताहरुको छ ।
२०४९ सालदेखी निमार्ण सुरु गरीयको यस सडक हरेक बर्ष स्तर उन्नती गरी सडकको अवस्था सुधार गर्न भनी करडौ रकम खर्चेर पनी यात्रु र सवारी चालकहरुले सास्ती भोग्नु परेको सवारी चालकहरु बताउछन् । उत्तरी भेगसंग जोड्ने मुख्य मार्गको रुपमा चिनीने सडक तिस वषसम्ममा पनी तिप्लीङ्ग भने पुग्न सकेको छैन सरकारले तिप्लीङ्गसम्म सडक पु¥याउने लक्ष्य लिय पनी सडक भने दार्खाको घ्याङ्गसाङ्गसम्म पनी मुस्कीलले बल्ल पुगेको छ । सडक नबनेका कारण सामान्य वर्षा हुदा पनी चल्न नसक्ने र अति चहल पहल हुने सो सडकमा साना र निजी सवारीका साधनहरु मात्र धेरै चल्ने भएकोले पनी महङ्ग भाडा तिरेर यात्रुहरु आवत जावत गर्न बाध्य भएको छ ।जिल्ला विकास समितिीले सडकको स्तर उन्नती गर्न राम्रो लगानी गरेको भए पनी प्रविधिकहरुको लापरवाही र अनुगमनको अभावका कारण पनी सडकको दुरदगी भोग्नु परेको हो । जव असारको वर्षा सुरु हुन्छ अनी सडक मर्मत सुरु हुने परंम्पराका कारण पनी सडकको स्तरमा सुधार नभएको बुझाई रहेको छ ।

         यस सडक भएर दैनीक एक हजार जना भन्दा बडी मानीसहरु आवत जावत गर्ने गर्दछ भने उत्तरी भेगका सबै जसो गाँउ विकास समितीका मासनसहरु यही सडक हुदै राजधानी लगायत देशका विभिन्न भागमा आउने जाने गर्दछन् । धादिङमा जिल्लामा हाल सम्म करिव दुईहजार किलोमीटर भन्दा बडी ग्रामीण सडकहरु बनी सकेको छ । तर ति सबै सडकहरु मध्य करिव तिनसय किलोमीटर सडकमा पनी सवारीका साधनहरु राम्रोसंग आवत जावत गर्न सक्दैनन् । सबै जसो सडकहरु सवारी चलाृउन योगय नभएको भनाई स्थानीयहरुको छ । साङ्कोष तिप्लीङ्गसडकको मात्र स्तर उन्नती सहित मर्मत हुने हो र सवारीका साधनहरु बाह्ै महिना चलायन सक्ने हो भने , धादिङको उत्तरी क्षेत्रमा उत्पादीत् कृषी जन्य बस्तुहरुको बिक्रीबाट त्य भेगको मानीसहरुको आर्थिक अवस्थामा सुधार आउनुका साथै जिललाको अर्थिक अवस्थामा समेत सुधार आउने देखिन्छ ।