सिद्धलेक गाँउपालिकाले सात लाखको राहात सामाग्री दिने

949 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । धादिङ जिल्लाको सिद्धलेक गाउँपािलकाले आँधीहुरीबाट प्रभावितलाई सात लाख बराबरको राहत समाग्री उपलब्ध गराउने भएको छ । विनासकारी हावा हुरीले प्रभावित गरेको बारा पर्सा जिल्लामा सात लाखको राहत सामाग्री खाद्यन्न त्रिपाल, लुगा कपडा लगायत वितरण गर्न बुधबार गाँउपालिका टोली बारा प्रस्थान गरेको छ ।
जिल्लामै नमूना गाउँपालिकाको रुपमा पहिचान बनाएको सिद्धलेक गाँउपालिकाले राहत स्वरुप सबै जनप्रतिनिधि बाट १ महिनाको सेवासुविधा दिन लागिएको गाँउपालिका अध्यक्ष प्रेमनाथ सिलवालले धादिङ न्यूजलाई बताउनु भयो । आपत विपतमा परेकालाई सहयोग गर्नु मानविय धर्म भएकोले सिध्दलेकमा रहेका सबै कर्मचारीहरूबाट खाइ आएको तलब भत्ताबाट १५ शिक्षकबाट १ दिनको तलव दिने निर्णय गरी राहतको रकम जोहो गरिएको हो ।