भिनाजुसँग घरजम जोड्न श्रीमानको हत्या

643 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

बुटवल– बुटवलमा एक साता अघि भएको हत्यामा मृतककै श्रीमतीको संलग्नता देखिएको प्रहरी अनुन्धानले देखाएको छ । भिनाजुसँगको प्रेम झाँगिदै गएपछि ३२ वर्षीया साहिन खानले भारत बेतियाका ४२ वर्षीय भिनाजु साधिर हुसेनलाई बोलाएर श्रीमानको हत्या गराएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको रुपन्देही जिल्ला प्रहरी जानकारी दिएको छ । गएको बुधबार साँझ बुटवल १ गढिटोल नजिकै काठेपुलमा ४५ वर्षीय फिरोज खानको आफ्नै कोठा अगाडी गोली हानी हत्या भएको थियो ।
खानको हत्यापछि अनुसन्धानमा जुटेको प्रहरीले हत्यामा उनकै श्रीमतीको संलग्नता रहेको रहस्य पत्ता लगाएको हो । फिरोजकै छोराहरु १० वर्षीय रेहान र ९ वर्षीय आरिषले दिएको बयानका आधारमा अभियुक्त मात्रै पत्ता लागेन श्रीमान श्रीमती बिचको पवित्र सम्वन्धमा दोश्रो व्यक्ति संगको मायाँ प्रेमले कति सम्म क्षती गर्न सक्छ भन्ने पनि देखाएको छ ।
श्रीमानको हत्या भएको बेला आफू कोठाभित्रै रहेको प्रारम्भिक बयान दिएकी साहिननै श्रीमानको हत्यारा भएको पुष्टि भएपछि धेरैले आश्चर्य व्यक्त गर्दै यस्तो पनि हुन्छ र भनेका छन । साहिनले घटनाको बेला आंफु कोठा भित्रै रहेको वयान दिएपनि उनका छोराहरुले भने आफूहरुलाई थुनेर मम्मी बाहिर गएको बताएपछि प्रहरीले उनी माथि शंका गर्दै अनुसन्धान अघि बढाएको थियो । मोबाइलमा रहेको कल डिटेलबाट नै हत्याको थप रहस्य खुलेको रुपन्देहीका प्रहरी प्रमुख हृदय थापाले बताउनु भयो ।

प्रहरीका अनुसार फिरोज कामबाट फर्कने बेला साधिर र श्रीमती साहिनले बाटोमा कुरेर बसेका थिए । प्रहरी प्रमुख थापाका अनुसार फिरोज आएपछि साधिरले अंकमाल गरेजस्तै गरेर फिरोजमाथी गोली प्रहार गरे । गोली लागेर गम्भीर घाइते भएका फिरोजलाई तत्काल लुम्बिनी प्रादेशिक अस्पतालमा लगिए पनि चिकित्सकले तत्काल मृत घोषणा गरेका थिए ।
श्रीमतीको केही वर्षअघि नै मृत्यु भइसकेकोले साधिर र साली साहिनका बीचमा केही वर्षदेखि माया प्रेम सम्बन्ध रहँदै आएको प्रहरीको अनुसन्धानमा खुलेको छ । गएको २० वर्षदेखि श्रीमतीसहित फिरोज खान बुटवलमा बस्दै आएका थिए । मैनाबगरमा रहेको अटो वर्कशपमा पेन्टिङ्गको काम गर्ने फिरोजलाई निक्कै इमान्दार र सोझो व्यवहार भएको व्यक्तिको धेरैले चिन्ने गरेका छन ।
साहिन अहिले प्रहरीको नियन्त्रणमा छिन भने हत्यामा संलग्न भारतीय नागरिक साधिरलाई प्रहरीले खोजी गरिरहेको छ । प्रहरीको सूचना अनुसार फिरोजलाई गोली हानेपछि साधिर नवलपरासीको त्रिवेणी हुँदै भारत प्रवेस गरिसकेका छन । प्रहरीले साधिरलाई पक्राउ गर्न भारतीय प्रहरीसँग समन्वय गरिरहेको वताएको छ ।