मदन भण्डारी स्पोर्टस एकेडेमी धादिङको अध्यक्षमा रमेश अधिकारी

1304 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ २२ चैत – मदन भण्डारी स्पोर्टस एकेडेमी धादिङको अध्यक्षमा रमेश अधिकारी चयन हुनु भएको छ । शुक्रवार धादिङबेसीमा सम्पन्न दोश्रो अधिबेशनबाट अधिकारी सर्वसम्बत रुपमा अध्यक्षमा चयन हुनुभएको हो ।
जिल्ला अधिबेशनले ४५ सदस्यिय जिल्ला कार्यसमितिको सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा मन्दिरा श्रेष्ठ, सचिवमा जित सिटौला,सह सचिवमा राजु तामाङ, कोषाध्यक्षमा राजु राना चयन भएका छन । यस्तै सदस्यहरुमा मरियम तामाङ,समिर गुरुङ, रेन्जु ढकाल, प्रकाश श्रेष्ठ, राजन शाह ठकुरी,राजन लम्साल,बिष्णुपुरुष श्रेष्ठ, घनश्याम विक, शेखर भण्डारी, विनय अधिकारी,ध्र्रुव अधिकारी, सन्तोष श्रेष्ठ, प्रमिश घले चयन भएका छन । त्यसैगरी अरुण थपलिया, राजेश गुरुङ, सिताराम सुवेदी, रोशन लामा, मिलन श्रेष्ठ,सूर्य इटनी, शुरेस थापा, प्रकाश तामाङ, कल्याण आचार्य, सन्दिप घिमिरे, बाबुकाजी श्रेष्ठ,राजकुमार सिलवाल, हरिकृष्ण लम्साल,राजु तामाङ, दिपक राना र टेकवहादुर लामा पनि सदस्यमा सर्व सम्मत चयन भएका छन ।
यसै गरी राजेन्द्र तामाङ, सन्तवहादुर तामाङ,जनक भुजेल,अनिषा भट्टराई,सन्तवहादुर घले,सुवाष विक, अरुण पराजुली, सफल गुरुङ र सुरज खतिवडा सदस्यमा चयन भएका छन । खेलकुदको माध्यमबाट युवाहरुको क्षमता बिकासका लागी विभिन्न रचनात्मक कार्यक्रमहरु संचालन गर्न स्पोर्टस एकेडेमीको स्थापना भएको हो ।
मदन भण्डारी फाउण्डेशन धादिङका अध्यक्ष एवम धादिङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य खेमप्रसाद लोहनीको अध्यक्षतामा भएको अधिबेशनको उद्घाटन कार्यक्रममा फाउण्डेशनका ३ नम्बर प्रदेश समितिका अध्यक्ष एवम ३ नम्बर प्रदेश सभाका सांसद केशव पाण्डेको प्रम्ुख आतिथ्य रहेको थियो । कार्यक्रममा सहभागीहरुलाई एकेडेमीका अध्यक्ष नरेश खतिवडाले स्वागत गर्नु भएको थियो । धादिङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य भूमी त्रिपाठी, नेकपा ३ नम्बर प्रदेश कमिटीका सदस्यहरु नेत्रराज पौडेल, जानुका सिम्खडा,मदन भण्डारी स्पोर्टस एकेडेमीका महासचिव बचन देउजा, ३ नम्बर प्रदेश सभाका सांसद डाक्टर रामकुमार अधिकारी, धादिङ जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपाल, युवा संघ नेपालका केन्द्रिय सचिव रमेश आचार्य, फाउण्डेशन ३ नम्बर प्रदेश समितिका सदस्यहरु गंगा श्रेष्ठ, माधव भण्डारी लगायतको आतिथ्य रहेको थियो ।