साझा यातायात लाग्यो ओरालो,१ करोड ७८ लाख घाटामा

277 पटक पढिएको

प्रकाशित मिति: २४ चैत्र २०७५, आईतवार ०६:२४

सम्पादक: Dhading News

साझा यातायातले आर्थिक वर्ष ०७/७५ मा १ करोड ७८ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आर्थिक वर्षमा पनि साझाले १ करोड ८२ लाख ६५ हजार रुपैयाँ घाटा व्यहोरेको थियो । आम्दानीभन्दा खर्च बढी भएपछि साझा निरन्तर घाटामा गएको हो ।

साझा यातायात सहकारी संस्था लिमिटेडको शुक्रबार सम्पन्न १२औँ साधारणसभामा प्रस्तुत प्रतिवेदनअनुसार साझाले गत वर्ष बस सञ्चालन गरेर १० करोड ११ लाख ८५ हजार रुपैयाँ आम्दानी गरेको देखिन्छ । त्यस्तै अन्य शीर्षकमा ३ करोड ४२ लाख ८४ हजार रुपैयाँ आम्दानी गरेको छ । तर, साझाको बस सञ्चालन खर्च मात्रै १३ करोड ५ लाख ६२ हजार रुपैयाँ रहेको छ । यसका साथै प्रशासनिक खर्च, ब्याज र ह्रास तथा कर गरेर कुल १५ करोड ३३ लाख ५८ हजार रुपैयाँ खर्च भएको देखिन्छ । ०७० बाट पुनः सञ्चालनमा आएको साझा यातायातले पाँच वर्षमा दुई वर्ष मात्र नाफा कमाएको छ । आर्थिक वर्ष ०७०र७१ मा साझाले ३ करोड ६९ लाख २३ हजार घाटा व्यहोरेको थियो । ०७१र७२ मा ७२ लाख ६८ हजार नाफा गरेको साझाले ०७२र०७३ मा पनि १ करोड ९९ लाख ७२ हजार नाफा गरेको थियो । तर, ०७३र७४ मा साझा पुनः १ करोड ८२ लाख ६५ हजार घाटामा गएको थियो ।०७० मा १६ बसबाट सेवा सञ्चालन सुरु गरेको साझासँग अहिले ५१ बस सञ्चालनमा छन् भने थप २० बस खरिद गर्ने तयारी भइरहेको अध्यक्ष कनकमणि दीक्षितले जानकारी दिए । साझाले उपत्यकाका विभिन्न रूटसँगै लामो दूरीमा पनि बस सञ्चालन गर्दै आएको छ । साझाले अहिले काठमाडौं–बाग्लुङ, काठमाडौं–वीरगन्ज, काठमाडौं–भैरहवा र काठमाडौं–गोरखा गरी चार रुटमा लामो दूरीका बस सञ्चालन गर्दै आएको छ नयाँ पत्रिका दैनिकमा खबर छ ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२४ चैत्र २०७५, आईतवार ०६:२४ मा प्रकाशित

समाचार

सबै

विप्लव नेकपाको धादिङ सेक्रेटरी बुद्ध गुरुङ पक्राउ

धादिङ, ३१ भदौ - नेत्र विक्रम चन्द नेत्तृत्वको नेकपाका धादिङ जिल्ला सेक्रेटरी बुद्ध गुरुङ घले मंगलबार विहान पक्राउ परेका छन् । धादिङको नौविसे हुंदै काठमाण्डौं जाँदै गर्दा प्रहरीले गुरुङलाई धुनिबेसी.....

झाँक्रीले पेट प्वाल पारिदिएको मगरको मृत्यु

धादिङ,३१ भदौ - जण्डिसको उपचार गराईदिने भन्दै झाँक्रीले व्लेडले पेट चिरेर थला पारिदिएका विरामीको उपचारका क्रममा.....

दुई लाख बढीको कारोवारमा चेक काट्नु नपर्ने

काठमाडौं । तपाईंले चेकमार्फत कारोवार गर्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब तपाईंले चेक नकाटे पनि हुने भएको छ ।.....

अख्तियारमा धादिङका धेरै उजुरी

- केशव अधिकारी धादिङ,२९ भदौ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धादिङका स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई.....

बढ्यो सामाजिक सुरक्षा भत्ता

काठमाडौं । सरकारले बृद्ध भत्ता बढाएको छ । बढेको भत्ता अव कार्यान्वयनमा समेत आएको छ । सरकारले चालु आर्थिक वर्ष.....

Categories