हावाहुरी पिडितलाई थांक्रे गाउँपालिकाको डेढ/डेढ लाख सहयोग

1114 पटक पढिएको

सम्पादक: धादिङ न्यूज


धादिङ,२४ चैत-  धादिङको थांक्रे गाउँपालिकाले विनासकारी हावाहुरीका कारण समस्यामा परेका बारा र पर्साका पिडितहरुको सहयोगका लागि डेढ/डेढ लाखका दरले नगद उपलव्ध गराएको छ ।
थांक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य,उपाध्यक्ष अम्विका रुपाखेती सहितको टोली आईतबार वारा र पर्साका प्रमुख जिल्ला अधिकारीलाई भेटेर विपद व्यवस्थापन सहयोग कोषमा जम्मा हुने गरी डेढ÷डेढ लाखको चेक हस्तान्तरण गरेको हो । हावाहुरीले पिडित बनेकाहरुलाई राहत मिलोस भन्ने उदेश्यले गाउँपालिकाको तर्फबाट सहयोग गरिएको थांक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले धादिङ न्यूजलाई बताउनुभयो । अध्यक्ष आचार्यले भन्नुभयो,हावाहुरीबाट पिडित भएकाहरुको वसोवास हरुलाई केही राहत मिलोस भनेर डेढ डेढ लाख सहयोग गरिएको हो
हावा हुरीका कारण प्रभावित बनेको बारा र पर्साका वासिन्दाको लागि वसोवास,शिक्षा, स्वास्थ्य लगायतका आधारभूत सेवाका लागि सरकारले सञ्चालन गर्ने कार्यक्रममा थोरै भएपनि सहयोग पुगोस भनेर गाउँपालिकाको तर्फबाट आर्थिक सहयोग गरिएको थांक्रे गाउँपालिकाका उपाध्यक्ष अम्बिका रुपाखेतीले बताउनु भयो ।