थांक्रेको मुलखोलामा आगलागी हुंदा दुई घर जलेर नष्ट

890 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ५ को मुलखोलामा आगलागी भएर दुई घर जलेर नष्ट भएको छ । सोमबार बिहान घरको चुलोमा आगो बाल्ने क्रममा घरमा आगलागी हुंदा स्थानीय कुमार थिङ र दुर्गा बहादुर थिङको घर जलेर पूर्ण रुपमा क्षती भएको हो ।
आगलागीमा परेर घरमा रहेको लत्ताकपडा, अन्नपात लगायत जलेर नष्ट हुंदा करिब आठ लाखको बराबरको क्षती भएको अनुमान गरिएको छ । आगलागी भएको घटना थाहा पाए लगत्तै थांक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य घटनास्थल पुगि तत्काल खानेबस्ने व्यवस्था मिलाउन १०/१० हजार आर्थिक सहयोग गर्नु भएको थियो । पिडित परिवारलाई थप के सहयोग गर्न सकिन्छ सक्दो  सहयोग गर्ने पनि अध्यक्ष आचार्यले वताउनु भयो । गाउँपालिका अध्यक्ष संगै आठ नम्बर वडा अध्यक्ष केशब प्याकुरेल, वडा नम्बर पाँचका अध्यक्ष भुमीबहादुर तामाङ पनि घटनास्थल पुग्नु भएको थियो ।