गोगनपानीमा निःशुल्क पशु स्वास्थ्य उपचार शिविर

1434 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गोगनपानी– धादिङको गल्छी गाउँपालिका वडा नम्बर ८ गोगनपानीमा चैत २८ गते विहिबार निशुल्क पशु स्वास्थ्य उपचार शिविर सम्पन्न भएको छ ।
गल्छी गाउँपालिकाद्धारा आयोजना गरिएको शिबिरमा दुई हजार छ सय बयालीस वटा पशुहरुको निशुल्क उपचार गरिएको थियो । शिविरमा गाई गोरु, भैसी, बाख्रा, कुखुराको निशुल्क स्वास्थ्य परिक्षण तथा औषधि वितरण गरिएको थियो । शिबिरमा गाई, भैंसी र गोरु चार सय ४१ वटा, बाख्रा २२ सय १ वटा, स्थानीय कुखुरा १५ सय ८७ वटा, ब्रोइलर कुखुरा ६०० वटाको उपचार तथा औषधि वितरण गरिएको गल्छी गाउँपालिका पशुसेवा शाखाका प्रमुख नापस्वाप्रा अस्वस्थमा अर्यालले बताउनु भयो ।
शिविरमा गोवर जाँच,उपचार तथा परजिवि विरुद्ध औषधि र भिटामिन बितरण पनि गरिएको थियो । स्वास्थ परिक्षण गराईएका पशुहरुमा सबैभन्दा बढी आन्तरिक परजिवि अर्थात जुका, नाम्ले जस्ता रोग बढी लागेको पाईएको उपचारमा संलग्न प्राविधिकहरुले जानकारी दिनुभयो । गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठले अध्यक्षता गर्नु भएको शिविर उद्घाटन कार्यक्रममा वडा नम्बर ८ का वडाअध्यक्ष भरत तामाङका साथै स्थानीय गन्यमान्य,सामाजिक कार्यकर्ताहरुपनि उपस्थिति रहेको थियो ।
शिविरमा प्राबिधिकहरु अश्वस्थामा अर्याल, मिना अधिकारी , दिपनारन खतिवडा (शिवराम), गोबिन्द अर्याल, केदार खतिवडा तथा स्वस्तिक कुमार श्रेष्ठले पशु पंक्षीको स्वास्थ्य परिक्षण उपचार तथा औषधि वितरण गरेका थिए ।
शिविरको स्थानीय संयोजन गल्छी गाउँपालिका वडा नम्बर ८ को कार्यालय र संस्कार महिला समूहले सहयोग गरेका थिए भने व्यवस्थापकीय नेतृत्व लक्ष्मी कोइरालाले गर्नु भएको थियो । शिविर संचालनका लागि हेफर इन्टरनेशनल नेपाल रं फोकस नेपालको बिशेष सहयोग रहेको थियो ।