नयाँ बर्षमा ३४३ जनालाई राष्ट्रपतिबाट मानपदबी दिईने

102 पटक पढिएको

प्रकाशित मिति: ३० चैत्र २०७५, शनिबार ०६:१७

सम्पादक: Dhading News

काठमाडौं । सरकारले मुलुकका विभिन्न क्षेत्रमा योगदान पु¥याएका ३४३ जनालाई मानपदवी प्रदान गर्ने भएको छ । मन्त्रिपरिषद्को निर्णयानुसार विभिन्न क्षेत्रबाट विभूषित हुन लागेका ५१७ मध्ये ३४३ जनालाई मानपदवी प्रदान गर्न लागिएको गृह मन्त्रालयले शुक्रबार विज्ञप्तिमार्फत जनाएको छ । विसं २०७६ वैशाख १ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट उहाँहरुलाई मानपदवी प्रदान गरिने मन्त्रालयले जनाएको छ ।

यस्तै विभिन्न मुलुकबाट १४४ राष्ट्रसेवक तथा नेपाली नागरिकलाई विभिन्न प्रकृतिका विभूषण ग्रहणका लागि स्वीकृति दिनसमेत विभूषण समितिले मन्त्रिपरिषद्मा सिफारिश गरेको जनाइएको छ । राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पु¥याएकामध्ये एक जनालाई नेपाल रत्न, चार जनालाई महाउज्ज्वल राष्ट्रदीप, एक जनालाई सुप्रसिद्ध प्रबल जनसेवाश्री, दुई जनालाई उज्ज्वल कीर्तिमय राष्ट्रदीप र तीन जनालाई सुकीर्तिमय राष्ट्रदीपबाट विभूषित गरिने जनाइएको छ ।

यस्तै ९६ जनालाई सुप्रबल जनसेवाश्री, एक जनालाई कीर्तिमय राष्ट्रदीप, १६१ जनालाई प्रबल जनसेवाश्री, ७४ जनालाई जनसेवाश्री, ८७ जनालाई अलङ्कार र ८७ जनालाई पदक प्रदान गरिने मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्को निर्णयबमोजिम उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा गृहमन्त्री रामबहादुर थापा, प्रा डा मीना वैद्य, प्रा डा इन्द्रजीत राई, हरिहर शर्मा, काशेन्द्रप्रसाद यादव, उपरथी विनोदकुमार श्रेष्ठ सदस्य तथा गृहसचिव प्रेमकुमार राई सदस्य सचिव रहेको विभूषण समिति गठन भएको थियो ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

३० चैत्र २०७५, शनिबार ०६:१७ मा प्रकाशित

 

 

 

समाचार

सबै

थिएटर मलमा एकै मञ्चमा बालबालिकाको तीन नाटक मञ्चन

काठमाडौं । विभिन्न नाट्य प्रस्तुुति मञ्चन गर्दै ‘लिटल थिएटर ग्यारेज’को पा“चौ संस्करण सम्पन्न भएको छ । थिएटर मल–कीर्तिपुर रंगमञ्चमा बालबालिकाहरुले नृत्य तथा अभिनयात्मक खेलको साथमा तीन नाटक मञ्चन गर्दै सो.....

यूनाइटेड सिमेन्ट वातावरणमैत्री- पायो आइएसओ सर्टिफिकेट

धुनिबेसी । धादिङको धुनिबेसी नगरपालिकामा रहेको यूनाइटेड सिमेन्ट्स प्रा.लि.ले इन्टरनेशनल सर्टिफिकेसन सर्भिसेज.....

२३ करोड इन्टरनेट प्रयोगकर्ताको एउटै पासवर्ड

काठमाडौं । आजकल इन्टरनेट प्रयोगकर्ताहरुको विभिन्न तरिकाले खाता ह्याक भई दुरुपयोग बढदै गएको छ । यसरी अर्काको.....

नेकपा धादिङको अध्यक्षमा भूमी त्रिपाठी, सचिवमा शालिकराम जमकट्टेल

धादिङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ७७ वटै जिल्लामा एकै साथ पार्टीको नेतृत्व टुंगाएको छ । पार्टी एकता भएको.....

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जिल्ला कमिटी एकता घोषणा केहीबेरमा हुंदै

धादिङ– नेपालमा कम्युनिष्ट आन्दोलनका लागि आज ऐतिहासिक दिन । नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको आज  ७० वर्ष.....

Categories