गजुरीमा भएको दुर्घटनामा एक जनाको मृत्यु

800 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

पृथ्वी राजमार्ग स्थित धादिङको गजुरीमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ना ६ ख ७४६५ नम्बरको बस सँग बा ७४ प ६७६८ नम्बरको मोटरसाईकल ठोक्किँदा मोटरसाईकल चालक गोरखाको भिमसेन थापा गाउँपालिका १ का २२ वर्षिय अनिष बानियाँको मृत्यु भएको हो ।

घटनामा मोटरसाईकल पछाडी बसेका गोरखाको सिरानचोक गाउँपालिका ६ बस्ने २१ वर्षका शिव पुडासैनी घाईते हुनुभएको छ । घाईते पुडासैनीको काठमाण्डौँमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।