गल्छी–६ मा पचास प्रतिशत अनुदानमा किसानलाई मिनीपावर टेलर वितरण

1338 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गल्छी । गल्छी गाउँपालिकाको ६ नम्बर वडाले चालु आर्थिक बर्षको निति तथा कार्यक्रम अन्र्तगत वडाका १७ जना किसान तथा कृषि समुहलाई मिनीपावर टेलर वितरण गरेको छ ।गाउँपालिका उपाध्यक्ष राधा तिमिल्सिनाको प्रमुख आतिथ्यमा शनिवार सम्पन्न मिनि पावर टेलर हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिमिल्सिनाले कृषिमा आधुनिकिकरण र प्रविधिको प्रयोगले समयको बचत हुनुका साथै कृषि उत्पादनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
वडा अध्यक्ष राजन श्रेष्ठका अनुसार कृषि समूहबाट माग भई आएको निवेदनका आधारमा ५० प्रतिशत अनुदान कार्यक्रम अन्र्तगत समूहको २४ हजार आठ सय ७५ र सोही बराबर वडाको अनुदानबाट कुल ४९ हजार सात सय ५० रुपैयाँमा ट्रयाक्टर खरिद गरि समूहलाई हस्तान्तरण गरिएको हो ।
एक हल गोरु पालेर बर्षमा १५ दिन जोत्न प्रयोग गरिने अरु समय र बर्षभरि दुःख गर्नु पर्ने परम्परागत प्रणालीलाई हटाउँदै कृषिमा नयाँ प्रविधि भित्र्याँउदै प्रयोग गर्न किसानहरु पनि ईच्छुक भएको हुदा वडाले गाउँसभाबाट निति तथा कार्यक्रम मार्फत यस प्रकारको नीति अगाडि बढाएको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो ।