अम्लेश्वर गुरुकुल बेदबिद्याश्रम दोश्रो बर्षमा प्रवेश

593 पटक पढिएको

प्रकाशित मिति: १ बैशाख २०७६, आईतवार १२:२०

सम्पादक: धादिङ न्यूज

महेशदोभान-  हिन्दू धर्म संस्कार,शास्त्रीय कर्मकाण्डबारे अध्यापन गराउन गल्छी गाउँपालिकाको वडा नम्बर ६ महेशदोभानमा स्थापना भएको अम्लेश्वर गुरुकुल बेदबिद्याश्रम दोश्रो बर्षमा प्रवेश गरेको छ ।
आवासीय बिद्यालय संचालन गरिरहेको बेदबिद्याश्रम दोश्रो बर्षमा प्रवेश गरेको अवसर पारेर गल्छी गाउँपालिका वडा नम्बर ६ ले एक थान वासिङ मेशिन सहयोग गरेको छ । गाउँपालिकाका उपाध्यक्ष राधा तिमिल्सिनाले शनिवार बिद्याश्रम व्यवस्थापन समितिका अध्यक्ष फानारायण रिमाललाई सो वासिङ मेशिन हस्तान्तरण गर्नु भएको हो ।
यसै गरी स्थानीय व्यवसायी दिलिप श्रेष्ठले पनि बिद्याश्रममा अध्ययन गर्ने १५ जना बिद्यार्थीलाई पोशाक सहयोग गर्नु भएको छ । व्यवस्थापन समितिका अध्यक्ष रिमालको अध्यक्षतामा भएको बार्षिकोत्सव कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष तिमिल्सिना, वडा नम्बर ६ का अध्यक्ष राजन श्रेष्ठ, वडा नम्बर १ का अध्यक्ष पूर्णप्रसाद खतिवडा, वडा नम्बर ७ का अध्यक्ष हरिप्रसाद खतिवडाका साथै छिमेकी बिद्यालयका प्रधानाध्यापकहरु, समाजसेवीहरुको उपस्थिति रहेको थियो ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

१ बैशाख २०७६, आईतवार १२:२० मा प्रकाशित

समाचार

सबै

मुलपानी खयर काण्डमा संलग्न तीन जना धरौटीमा छुटे

  धादिङ– खयर फडानीमा संलग्न रहेको आरोपमा थुनाामा रहेका धादिङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ३ का चार जनालाइ धरौटीमा छाड्न जिल्ला अदालत धादिङले आदेश दिएको छ । अदालतको आदेश पछि थुनामा रहेका ३ जना धरौटी.....

नेपालमा एकै दिन १ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । नेपालमा एकै दिन १ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका.....

नेपालमा कोरोना संक्रमितको संख्या ७७२- थपिए ९० जना

धादिङ । नेपालमा जेठ १३ गते मंगलबार दिउँसो सम्ममा एकैदिनमा थप ९० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको.....

धादिङमा आलोपालो गरेर सामान ढुवानी हुने

धादिङ, १२ जेठ - लकडाउनको समयमा वजार क्षेत्रमा मालसामान ढुवानी गर्ने सवारीहरुको भिडभाड बढ्न थालेपछि धादिङमा.....

सोमबार सार्वजनिक बिदा दिने गृहको मन्त्रालयको निर्णय

धादिङ न्यूज धादिङ, ११ जेठ - गृह मन्त्रालयले आइतबारका लागि दिने भनिएको सार्वजनिक विदा नदिेने भएको छ ।   नेपाल.....

Categories