फेसबुक र इन्स्टाग्रामका सेवाहरू विश्वभर अवरोध

434 पटक पढिएको

प्रकाशित मिति: १ बैशाख २०७६, आईतवार १९:५४

सम्पादक: Dhading News

फेसबुकका सेवाहरूमा विश्वभर अवरोधहरु देखा परेका छन्। ती खराबी फेसबुकले हालसम्म बेहोरेको मध्येकै सबभन्दा खराब छन्। नेपाली समय अनुसार बुधवार राति १० बजे आसपासबाट त्यस्तो समस्या देखिन थालेको बताइएको छ।

के हो कारण ?
फेसबुक बाहेक म्यासेन्जर र इन्स्टाग्राममा समेत अवरोधहरु देखिएका थिए जसको कारण भने अहिलेसम्म केही सार्वजनिक गरिएको छैन। फेसबुक खुले पनि त्यसमा सामग्रीहरु प्रकाशित हुन सकेका छैनन्।

म्यासेन्जरको मोबाइल एपले कतै कतै काम गरेको छ तर उसको डेस्कटप संस्करणमा भने समस्या देखिएको छ। ह्वाट्सएपमा यसको असर देखिएको छैन। फेसबुकका विभिन्न एपहरूमा कतिपय मानिसले पहुँच पाउन नसकिरहेको बारे हामीलाई जानकारी छ। हामी ती समस्या छिटै समाधान गर्न प्रयास गरिरहेका छौँ,- फेसबुकले एक विज्ञप्तिमार्फत जनाएको छ।
अन्य सामाजिक सञ्जालहरूमा फैलिएको हल्ला गलत भएको भन्दै डिडिओएस नामक एक किसिमको साइबर हमलाका कारण फेसबुकका सेवामा अवरोध नआएको उसले जनाएको छ। अवरोध निगरानी गर्नेहरूका अनुसार फेसबुकमा समस्या विश्वभर नै देखिएको छ।
यो भन्दा पहिले फेसबुकले सन् २००८ मा यस्तो सेवा अवरोध बेहोरेको थियो। त्यतिखेर विश्वभर उसका प्रयोगकर्ता केवल १५ करोड थिए। अहिले त्यो संख्या बढेर मासिक दुई अर्ब तीस करोड प्रयोगकर्ता पुगिसक्यो।बीबीसी



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

१ बैशाख २०७६, आईतवार १९:५४ मा प्रकाशित

समाचार

सबै

‘प्रत्येक पालिकमा एउटा आयुर्वेद औषधालय हुनुपर्छ’

धादिङका प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा आयुर्वेद औषधालय स्थापना गर्न सरोकारवालाहरुले सुझाव दिएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङले विहीवार धादिङबेसीमा आयोजना गरेको जनप्रतिनिधि तथा.....

पहिरोले पाइप बगाएपछि छुम्राङ गाउँमा खानेपानी संकट

रुबीभ्याली (धादिङ ) -  पहिरोले खानेपानीको पाइप बगाएपछि धादिङको रुबीभ्याली गाउँपालिका ५ छुम्राङ गाउँमा पानीको.....

प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा धादिङबेसीमा प्रदर्शन

धादिङबेसी–प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा बुधबार सदरमुकाम धादिङबेसीमा प्रदर्शन भएको छ । प्रधानमन्त्री.....

ग्लोवल आईएमई बैकबाट गल्छी गाउँपालिकालाई सहयोग

धादिङ, २३ असार ः ग्लोबल आइएमई बैंक गल्छी शाखाले कोरोना भाईरस विरुद्धको अभियानमा गल्छी गाउँपालिकालाई सहयोग गरेको.....

कोरोना भाइरसबाट विदेशमा रहेका १४३ जना नेपालीको मृत्यु

धादिङ ।संसारभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणबाट विदेशमा रहेका १४३ जना नेपालीको मृत्यु.....

Categories