ढलान गरेको दुई दिनपछि पक्की पुल भत्कियो

1170 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

सार्वजनिक निर्माणका कार्यमा बढ्दै गएको अनियमिथता र लापरबाहीले सिमा नाघेको कारण यस्को असर पनि देखिन थालेको छ । यस्तै लापरवाहीका कारण निर्माणाधिन पक्की पुल बन्दा बन्दै भाँचिएको छ । गुल्मी जिल्लाको बडिगाढ खोलाको पक्की पुल भत्किदा पाँच जना घाइते भएका छन । गुल्मीको मुसिकोट नगरपालिका वडा नं ३ र वडा नं ७ जोड्ने झेर्दीको पुल आइतबार साँझ भत्किएको हो ।
पुल भत्किएपछि च्यापिएर निर्माण व्यावसायी क्रृषिराम इटनी गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी दिपक कुमार बस्नेतले बताउनु भयो । त्यस्तै मुसिकोट नगरपालिका ३ का २३ वर्षीय राम बहादुर कुमाल, ३३ वर्षीय गणेश कुमाल, वडा नं ४ का ५१ वर्षीय रुद्र बहादुर कार्की र बाग्लुङको बडिगाढ गाउँपालिका ७ का जेसिवी चालक तुल बहादुर राना पनि घाइते भएका छन ।

वाईपी जयबुद्ध निर्माण कम्पनी काठमाडौंले निर्माण गर्दै गरेको ५५ मिटर लामो पुल बडिगाढ खोलामा आएको बाढीले भत्काएको मुसिकोट नगरपालिकाका प्रवक्ता प्रकाश काफ्लेले जानकारी दिनुभयो ।ढलान गरेको दुई दिनपछि पुल भत्किएको हो । सो पुल ०७३ सालमा सम्झौता भएर गत वर्षदेखि निर्माणको काम भइरहेको र पुलको लागत ३ करोड भन्दा बढी रहेको छ ।

जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर पारस पन्थीका अनुसार ले उक्त पुल बीचमा पिलर राख्न नपर्ने प्रिटेस्ट डिजाइनको हो। दरमखोलामा पानीको सतह बढेर पुलमुनी राखिएको टेका भासिएकाले पुल भत्किएको हुन सक्ने पन्थीको अनुमान छ। इन्जिनियर पन्थीका अनुसार अब पुन डिजाइन गरेर पुल निर्माण हुनेछ। अघिल्लो वर्षनै निर्माण भइसक्नु पर्ने उक्त पुल डिजाइन फेल हुदा पुनः डिजाइजन गरिएको थियो।