बाल क्लबका सदस्यलाई आधारशिला तालिम

1566 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

सिद्धलेक- भोकालाई एकछाक खाना होइन जीवन जिउने जुक्ति पनि सिकाउँ भन्ने मुल नारा सहित धादिङको सिद्धलेक गाउँपालिका वडा नं ४ स्थित आरुवास गाउँको समुदाय तहमा गठित लालीगुँरास क्लबका सदस्यलाई आधारशिला तालिम दिईएको छ ।
सिद्धलेक सानाकिसान सवलिकरण परियोजना अन्तरगत तीन दिन सम्म संचालन भएको तालिम विहिबार सम्पन्न भएको हो । तालिममा नेतृत्व बिकास,सकारात्मक सोच,बाह्र ओटा आधारशिला,बाल अधिकार लगायतका बिभिन्न पक्षहरुका विषयमा छलफल भएको थियोे ।
तालिममा प्रयास नेपाल धादिङका कार्यक्रम संयोजक ईश्वरी कोईराला सामुदायिक सहजकर्ता एकराज पण्डित,दिनेश परियार र अनिशा कट्टेलले सहजिकरण गरेका थिए । तालिमले नेतृत्व क्षमता बिकास भएको,आफुलाई निकै परिवर्तन गराएको र सचेतना अभिवृद्धि भएको तालिमका सहभागीहरुले वताएका छन् ।
यसैगरी सिद्धलेक गाउँपालिकाका विभिन्न वडाका समुदाय तहमा गठन भई परिचालित मनकामना बाल क्लब,खरिबोटमा गठित बैरेनी बालक्लबमा पनि ३ दिने आधारसिला तालिम सम्पन्न भएको छ । त्यसैगरी दियालो नवज्योति बालक्लब, सप्तरंगी,बालक्लब,युनिक बालक्लब,नवज्योति बालक्लब,मुक्तिनाथ बालक्लबमन पनि ३/३ दिने आधारसिला तालिम सम्पन्न भएको दिनेश परियारले जानकारी दिनु भयो । समुदाय तहमा गठन भएको बाल समुहलाई ९ स्थानमा प्रति बालक्लब ३० जना सहभागी कक्षा ५ देखि ९ सम्म अध्ययनरत बालबालिकालाई बिदाको समय पारेर तालिम दिईएको हो ।
 तालिम समापनको अवसरमा बोल्दै प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले प्रयास नेपालको कार्यक्रम बालबालिकाहरुलाई नेतृत्व विकास तथा जिवनउपयोगि सीप प्रदान मार्फत समादायिक रुपान्तरण प्रमुख माध्यम र बालबालिका लगानी वृद्धि गर्दै समृद्ध समाज निर्माण गर्न सञ्चालन गरिएको धारणा राख्नुभएको थियो । कार्यकारी निर्देशक अर्यालले तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्न र आफ्नो उत्दरदायित्व बहन गर्न बालक्लबका सहभागिहरुसंग आग्रह पनि गर्नुभयो । यस अघि बालबालिकाका आमाहरु मिलेर बनेको महिला समूह,पारिवारिक पुरुष सदस्यहरुलाई पनि आधारशिला तालिम दिईएको थियो ।