जागरण अभियानका लागि कांग्रेसले खटायो प्रतिनिधि

1410 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ । नेपाली कांग्रेसले वैशाख ११ देखि जेठ ११ गतेसम्म गर्न लागेको हिमाल, पहाड, तराई–मधेश जागरण अभियानका लागि ७७ वटै जिल्लामा प्रतिनिधि खटाएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीले एक महिना सम्म गर्न लागेको जागरण अभियानलाई भव्यताका साथ सम्पन्न गर्न सबै जिल्लामा प्रतिनिधि खटाएको जानकारी दिए ।

कांग्रेसले प्रदेश १ का १४ जिल्ला, प्रदेश २ का आठ जिल्ला, प्रदेश ३ का १३ जिल्ला, गण्डकी प्रदेशका ११ जिल्ला, प्रदेश ५ का १२ जिल्ला, कर्णाली प्रदेशका १० जिल्ला र सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा प्रतिनिधि खटाएको हो । प्रतिनिधि खटाउँदा कांग्रेसले प्रतिनिधिले गर्नुपर्ने सैद्धान्तिक र व्यवहारिक दायित्वबारे जिम्मेवारी पत्र प्रदान गरेको छ । कांग्रेसले प्रतिनिधि पठाउँदा पार्टीका पूर्वपदाधिकारी तथा केन्द्रीय सदस्यलाई खटाएको छ ।

जागरण अभियानको पहिलो चरण बैशाख ११ गतेदेखि जेठ ११ गतेसम्म ७७ वटै जिल्लामा हुने र केन्द्रीय नेताहरू प्रत्येक जिल्लामा एक महिनासम्म बस्ने छन् ।बीपी जयन्तीको अवसर पारेर शुरू हुने दोस्रो चरणको अभियान भने १५ दिनसम्म चल्नेछ । तेस्रो चरणको अभियान १० दिनसम्म ७५३ वटै स्थानीय निकायमा हुने र १० दिनसम्म केन्द्रीय नेताहरू बस्ने जनाइएको छ ।हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानको वैशाख ११ मा प्रारम्भ भई जेठ ११ मा सम्पन्न हुने प्रथम चरणको कार्यक्रमका लागि७७ जिल्लामा खटाइएका प्रतिनिधिहरुको नाम समेत सार्वजनिक गरिएको छ ।

लौ हेर्नुहोस कुन जिल्लामा को खटिए

प्रदेश नं. १ का १४ जिल्ला
ताप्लेजुङ -सरिता प्रसाई
पाँचथर- लक्ष्मी परियार
इलाम -अमृत अर्याल
संखुवासभा- सिता गुरुङ
तेह्रथुम -हसन अन्सारी
धनकुटा- डा. नारायण खड्का
भोजपुर -रामहरि खतिवडा
खोटाङ -उदयशम्शेर राणा
सोलुखुम्बु -लक्ष्मी राई
ओखलढुंगा- मिनाक्षी झा
उदयपुर -प्रदीप गिरी
झापा -ज्ञानेन्द्रबहादुर कार्की
मोरङ -कृष्णप्रसाद सिटौला
सुनसरी -महेश आचार्य

प्रदेश नं. २ का ८ जिल्ला
सप्तरी -आनन्दप्रसाद ढुंगाना
सिरहा -महेन्द्र यादव
धनुषा- बलबहादुर के.सी.
महोत्तरी- चित्रलेखा यादव
सर्लाही- महालक्ष्मी उपाध्याय ‘डिना’
रौतहट- रमेश रिजाल
बारा -प्रकाशमान सिंह
पर्सा -फरमूल्लाह मन्सुर

प्रदेश नं. ३ का १३ जिल्ला

दोलखा- रामकृष्ण यादव
रामेछाप- किरण यादव
सिन्धुली- डा. रामशरण महत
काभ्रेपलाञ्चोक- डा. शेखर कोइराला
सिन्धुपाल्चोक -अम्बिका बस्नेत
रसुवा -जीवन परियार
नुवाकोट -मीन विश्वकर्मा
धादिङ -प्रदीप पौडेल
चितवन- रमेश लेखक
मकवानपुर -अर्जुननरसिंह के.सी.
भक्तपुर- डा. मिनेन्द्र रिजाल
ललितपुर- सुरेन्द्रराज पाण्डे
काठमाडौं -बालकृष्ण खाँण

गण्डकी प्रदेशका ११ जिल्ला
गोरखा -ध्यानगोविन्द रञ्जित
लम्जुङ- कमला पन्त
तनहुँ -नविन्द्रराज जोशी
कास्की -अर्जुनप्रसाद जोशी
मनाङ -कृष्णचन्द्र नेपाली
मुस्ताङ -बहादुरसिंह (लामा) तामाङ
पर्वत- चिनकाजी श्रेष्ठ
स्याङजा -गोविन्द भट्टराई
म्याग्दी -शुक्रराज शर्मा
बाग्लुङ -शंकर भण्डारी
नवलपुर -(बर्दघाट सुस्तापूर्व) दिपक गिरी

प्रदेश नं. ५ का १२ जिल्ला
नवलपरासी -(बर्दघाट सुस्ता पश्चिम) राधेचन्द्र यादव
रुपन्देही -पुष्पा भुसाल
कपिलवस्तु -हरिप्रसाद नेपाल
पाल्पा -बालकृष्ण पाण्डे
अर्घाखाँची -दिपकुमार उपाध्याय
गुल्मी- अजयकुमार चौरसिया
रूकुम- (पूर्वी भाग) रत्न शेरचन
रोल्पा -मानबहादुर विश्वकर्मा
प्यूठान -शिवराज जोशी (सुर्खेत)
दाङ -मोहनबहादुर बस्नेत
बाँके -श्यामकुमार घिमिरे
वर्दिया -डा. डिला संग्रौला

कर्णाली प्रदेशका १० जिल्ला
रूकुम- (पश्चिम भाग) राजनप्रसाद पन्त
सल्यान -पार्वता डी.सी. चौधरी
डोल्पा- कुमार खड्का
जुम्ला -रमा पौडेल
मुगु -दिनवन्धु श्रेष्ठ
हुम्ला -हृदयराम थानी
कालिकोट- डा. चन्द्र भण्डारी
जाजरकोट- धु्रव वाग्ले
दैलेख- दिलबहादुर घर्ती
सुर्खेत -जीवनबहादुर शाही

सुदूर पश्चिम प्रदेशका ९ जिल्ला
बाजुरा- दिलेन्द्रप्रसाद बडू
बझाङ -मनमोहन भट्टराई
डोटी -शिवप्रसाद हुमागाँई
अछाम -गगनकुमार थापा
दार्चुला- अतहर कमाल मुसलमान
बैतडी- किरणराज शर्मा पौडेल
डडेल्धुरा-बीरबहादुर बलायर
कञ्चनपुर-गुरुराज घिमिरे
कैलाली- एन.पी. साउँद