अन्तरिक्ष कक्षमा पुग्यो नेपाली भूउपग्रह

250 पटक पढिएको

प्रकाशित मिति: ७ बैशाख २०७६, शनिबार ०७:१५

सम्पादक: Dhading News

नेपालको पहिलो भूउपग्रह ‘नेपाली स्याट–१’ अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष (आइएसएस)मा पुगेको छ । नासाका अनुसार नेपाली भूउपग्रहसहितको कार्गो शुक्रबार दिउँसो ३ बजेर १२ मिनेटमा अन्तरिक्ष कक्षमा सुरक्षित रूपमा डक भएको छ । नासाले त्यसको प्रत्यक्ष प्रसारणसमेत गरेको थियो ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र जापानको क्युसु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक)को सहकार्यमा निर्मित भूउपग्रह बिहीबार राति २ः३१ मा अन्तरिक्षतर्फ पठाइएको थियो । अमेरिकी अन्तरिक्ष कम्पनी अर्बिटल–ए टिकेले भर्जिनियास्थित ‘मिड–एटलान्टिक स्पेसपोर्ट लन्च प्याड’बाट भू–उपग्रह भएको यान प्रक्षेपण गरेको थियो ।अब अन्तरिक्ष कक्षमा भूउपग्रहका पाटपुर्जाले काम गरे–नगरेको अन्तरिक्षयात्रीले परीक्षण गर्नेछन् । सफल परीक्षण भए करिब डेढ महिनाभित्र पृथ्वीको कक्षमा छाड्ने योजना रहेको नास्टका प्रवक्ता डा. सुरेश ढुंगेलले बताए  नयाँपत्रिका दैनिकले खबर लेखेको छ ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

७ बैशाख २०७६, शनिबार ०७:१५ मा प्रकाशित

समाचार

सबै

आहालेमा निर्माण भएको सामुदायिक भबन हस्तान्तरण

त्रिपुरासुन्दरी -धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ आहालेमा निर्माण सम्पन्न भएको सामुदायिक भबन समुदायलाई हस्तान्तरण गरिएको छ । सामुदायिक कार्यका लागि गर्नुपर्ने भेला, छलफल, बैठक बस्न सजिलो.....

कांग्रेस नेता शिवराम भण्डारी सहित ११ जुवाडे पक्राउ

काठमाडौँ २७ असोज,। प्रहरीले काठमाडौंको एक जुवा खालमा छापा मारी नेपाली कांग्रेसका नेता शिवराम भण्डारीसहित ११.....

कपुरगाउँमा बल्यो विजुली, खुसीयालीमा नाचे गाउँबासी

कपुरगाउँ , २७ असोज - धादिङ जिल्लाकै विकटमा रहेको रुवीभ्याली गाउँपालिकाको कपुरगाउँमा विजुली बलेपछि गाउँवासीले.....

नलाङका महिलाले दशैंमा खसी बेचेर कमाए दुईकरोड पचास लाख

धादिङ , २७ असोज - सहकारी मार्फत आयआर्जनका लागि व्यवसायिक बाख्रापालन शुरु गरेका धादिङ सिद्धलेक गाउँपालिकाका.....

ब्रुसबाङका चेपाङलाई दशैंमा खाद्यान्न सहयोग

ब्रुसबाङ- दक्षिणी धादिङको विकटमा बसोबास गर्दै आएका अति विपन्न चेपाङ समुदायलाई खाद्यान्न सहयोग गरिएको छ.....

Categories