नेकपाको जिल्ला अध्यक्ष र सचिवको नाम टुग्याउन आज निर्णायक बैठक

338 पटक पढिएको

प्रकाशित मिति: ८ बैशाख २०७६, आईतवार ११:१५

सम्पादक: Dhading News

काठमाडौं ।एक बर्ष अघि देखि अलमलमा पर्दै आएको एकता टुग्याउन नेकपामा आज निर्णायक छलफल हुंदैछ । आजको छलफलले,जिल्ला अध्यक्ष र सचिवको नाम टुंगो लगाउने विश्वास गरिएको छ । सत्तारुढ दल नेकपाको जिल्ला तहको एकता टुग्याउन शीर्ष नेताहरुवीच आज निर्णायक छलफल हुदैछ । अहिले विहान ९ वजे बाट प्रधानमन्त्री निवास वालुवाटारमा निर्णयक छलफल भईरहेको नेताहरुले वताएका छन् ।
छलफलमा मुख्य चार नेतामात्रै सहभागी  छन् । अध्यक्षद्दय केपी ओली र पुष्पकमल दाहाल (प्रचण्ड) वरिष्ठ नेता माधव नेपाल र महासचिव विष्णु पौडेलवीच निर्णायक छलफल हुन लागेको हो ।

पार्टी स्थापना दिवसकै दिन पारेर एकता प्रक्रिया टुग्याउने सैदान्तिक सहमति अनुसार नै नेताहरुले केही दिन यता विभिन्न चरणमा छलफल प्रक्रियालाई अगाडी वढाईरहेका छन् । खासगरी तत्कालिन एमाले खेमाभित्रको ओली र नेपाल समुहका वीचमा जिल्ला नेतृत्व भागवन्डामा कुरा निमल्दा एकता प्रक्रिया लम्विरहेको थियो ।
स्रोतहरुका अनुसार अव भने माधव नेपाल पक्षलाई पनि ओली पक्षले केही सम्मानजनक स्थानको नेतृत्व दिन तयार देखिएको छ । अध्यक्ष प्रचण्डले दुवै नेताका वीचमा देखिएको समस्या समाधानका लागि अनेक विकल्पमा छलफल प्रस्तुत गरेर मध्यमार्गी भूमिका निर्वाह गरेपछि ओली नेपाल दुवै नेता आ आफनो अडानमा केही लचिलो वनेको स्रोतको भनाई छ ।
वरिष्ठ नेता नेपाल विद्यमान जिल्ला कमिटिकै वरिष्ठलाई नेतृत्व् दिनुपर्ने पक्षमा उभिएपछि एकतामा ओली नेपाल वीच टसल वढेको थियो । ओली पक्षले भने एकता प्रक्रिया विशिष्ट अवस्थामा भएकोले सवै पक्षलाई समेटनु पर्ने वताउँदै आएको थियो ।
७७ जिल्ला मध्ये तत्कालिन एमालेको भागमा परेको ४५ जिल्ल्ला कमिटिमा ओली पक्षले २ जिल्ला वाहेक ४३ जिल्लाको अध्यक्षमा आफु निकट नेताहरुलाई नाम प्रस्ताव गरेपछि नेपाल पक्षका नेताहरुले नमान्ने र समानान्तर कमिटि वनाउने चेतावनी दिदै आएका थिए ।
तर प्रचण्डको दुवै नेतालाई मिलाउन खेलेको भूमिका पछि भने दुवै नेताहरु केही लचक वनेको स्रोत वताउाछ । अव एकताको निश्चित सैदान्तिक विधि वनाउने तर त्यसो गर्दा पनि मिल्न नसकेको ठाउमा भने ब्यक्ति र स्थानका विषयमा विकल्पको खोजी समेत गर्न सकिने गरी नेताहरुका वीचमा सैदान्तिक सहमति जुटेको छ । यसो गर्दा अव ओली पक्षले ४५ जिल्ला मध्ये नेपाल पक्षलाई करिव एक दर्जन जिल्लाको नेतृत्व दिन तयार देखिएको छ । यस अगाडी सिन्धुपाल्चोक र दृेलखा जिल्लामा मात्र नेपाल पक्षलाई अध्यक्ष दिने ओलीले तयारी गरेका थिए ।
आज हुने ४ नेताको निर्णायक छलफलले सवै जिल्लाका अध्यक्ष र सचिवको नाम टुग्ग्याउने वताईएको छ । अध्यक्ष तत्कालिन एमालेले पाएको जिल्ला सचिव तत्कालिन माओवादी र माओवादीले अध्यक्ष पाएको जिल्लामा सचिव त्तकालिन एमालेले पाउने गरि नाम टुग्गिदै छ ।आजको छलफलमा चार नेताका वीचमा समझदारी जुटेमा तत्काल पार्टी सचिवालय वैठक वसेर प्रस्तावलाई अनुमोदन गराउने तयारी नेकपामा छ ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

८ बैशाख २०७६, आईतवार ११:१५ मा प्रकाशित

समाचार

सबै

‘प्रत्येक पालिकमा एउटा आयुर्वेद औषधालय हुनुपर्छ’

धादिङका प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा आयुर्वेद औषधालय स्थापना गर्न सरोकारवालाहरुले सुझाव दिएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङले विहीवार धादिङबेसीमा आयोजना गरेको जनप्रतिनिधि तथा.....

पहिरोले पाइप बगाएपछि छुम्राङ गाउँमा खानेपानी संकट

रुबीभ्याली (धादिङ ) -  पहिरोले खानेपानीको पाइप बगाएपछि धादिङको रुबीभ्याली गाउँपालिका ५ छुम्राङ गाउँमा पानीको.....

प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा धादिङबेसीमा प्रदर्शन

धादिङबेसी–प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा बुधबार सदरमुकाम धादिङबेसीमा प्रदर्शन भएको छ । प्रधानमन्त्री.....

ग्लोवल आईएमई बैकबाट गल्छी गाउँपालिकालाई सहयोग

धादिङ, २३ असार ः ग्लोबल आइएमई बैंक गल्छी शाखाले कोरोना भाईरस विरुद्धको अभियानमा गल्छी गाउँपालिकालाई सहयोग गरेको.....

कोरोना भाइरसबाट विदेशमा रहेका १४३ जना नेपालीको मृत्यु

धादिङ ।संसारभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणबाट विदेशमा रहेका १४३ जना नेपालीको मृत्यु.....

Categories