धादिङको सलाङघाट नजिकै तीर्थयात्री चढेको बस पल्टिंदा दुईको मृत्यु

1208 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, ८ बैशाख – मनकामना दर्शनका लागि जांदै गरेका तिर्थयात्रीहरु चढेको बस बस धादिङको सलाङघाट नजिकै दुर्घटना हुंदा दुई जनाको मृत्यु भएको छ । बसमा रहेका अन्य २५ जना मध्ये दश जना गम्भिर घाईते भएका छन् ।
काठमाण्डौंबाट मनकामना केवलकार तर्फ गईरहेको बस धादिङ जिल्लाको वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ मा पर्ने पृथ्वी राजमार्गको सलाङघाट नजिकै आईतबार विहान पौने ११ वजे तिर दुर्घटना हुंदा दुई जनाको मृत्यु भएको हो भने बसमा सवार यात्रु मध्ये आठ जना गम्भिर र १६ जना सामान्य घाईते भएका छन् ।
दुर्घटनामा परि घटनास्थलमानै मृत्यु हुनेहरुमा दोलखाको चरिकोट निवासी २८ वर्षर्षका हरिवंस केसी र उपचारका क्रममा कालिन्चोक गाँउपालिकाका ७१ वर्षीया पार्वती बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । घाईते केसीलाई उपचारका लागि राजमार्ग सामुदायिक अस्पताल मलेखु लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो । बस सडकबाट ५० मिटर तल खसको थियो । आर्का एकको उपचारका क्रममा राजमार्ग सामुदायीक अस्पताल मलेखुमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी निरिक्ष नवराज ढुङ्गेलले जानकारी दिए ।
दोलखा जिल्ला घर भई हाल काठमाण्डौंमा वसोवास गर्दै आईरहेकाहरुले मनाकामना दर्शनका लागी काठमाण्डौबाट बा ४ ख १४१५ नम्बरको मिनी बस रिजर्भमा लिएर आएका थिए । बस दुर्घटना पछि स्थानीयवासी, प्रहरी तथा उद्धारकर्मीहरुको सहयोगमा घाईतेहरुलाई उद्धार गरी सबैलाई उपचारका लागी स्थानीय अस्पतालहरुमा पठाईएको थियो । प्रारम्भिक उपचार पछि घाईते सबैलाई थप उपचारका लागि काठमाण्डौ पठाईएको छ । दुर्घटनामा परी सामान्य घाइते १६ जनाको मलेखु स्थित राजमार्ग सामुदायिक अस्पताल र गजुरी अस्पतालमा प्रारम्भिक उपचार गराईएको थियो । दुर्घटनामा सख्त घाइते भएका ८ जनाको भने थप उपचाराका लागी राजधानी काठमाण्डौं पठाइएको समेत प्रहरीले जनाएको छ ।
तिर्थयात्री लिएर आएको बसले सोही दिशाबाट जाँदै गरेको ट्रकलाई उछिन्न खोज्दा दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नबराज ढुङ्गेलले बताए । बस ओभेरटेक गर्ने क्रममा सडकबाट उछिट्टिएर खसेको हुनसक्ने प्रहरी निरिक्षक ढुंगेलको भनाई छ । यता बसका चालक बसन्त घर्तीले भने ब्रेक फेल भएर अनियन्त्रित भई सडकबाट बस खस्न पुगेको दावी गरेका छन् । सामान्य घाईते भएका बसका चालकलाई प्रहरीले नियन्त्रणमा राखेको छ ।बसमा ३० जना यात्रु रहेको प्रहरीले बताएको छ । बस पृथ्वी राजमार्गबाट करिब ५० मिटर तल त्रिशूली नदी छेउमा खसेकोे थियो ।