यूनाइटेड सिमेन्ट वातावरणमैत्री- पायो आइएसओ सर्टिफिकेट

238 पटक पढिएको

प्रकाशित मिति: ९ बैशाख २०७६, सोमबार २१:४९

सम्पादक: Dhading News

धुनिबेसी । धादिङको धुनिबेसी नगरपालिकामा रहेको यूनाइटेड सिमेन्ट्स प्रा.लि.ले इन्टरनेशनल सर्टिफिकेसन सर्भिसेज प्रालि(आइसिएस)बाट आइएसओ ९००१ / २०१५(क्वालिटी म्यानेजमेन्ट सिस्टम) तथा आइएसओ १४००१/२०१५(इन्भारोमेन्टल म्यानेजमेन्ट सिस्टम)को प्रमाणपत्र पाएको छ ।  अन्तराष्ट्रिय मापदण्ड अनुसार गुणस्तरीय क्लिङ्कर तथा सिमेन्ट उत्पादन गर्ने प्रक्रिया पूर्ण रुपले उत्कृष्ट भएको र सो उत्पादन प्रक्रिया वातावरणमैत्री भएको र वातावरणको व्यवस्थापन प्रक्रिया उत्तम रहेको अर्थमा सो प्रमाणपत्रहरु उद्योगलाई प्रदान गरिएको बताइएको छ ।

गुणस्तरीय क्लिङ्कर तथा सिमेन्ट उत्पादन गर्दै आइरहेको यूनाइटेड सिमेन्ट्सको आफ्नै चुनढुङ्गा खानी ललितपूरको लेलेमा अवस्थित छ भने फ्याक्ट्री नौबिसेमा रहेको छ । यूनाइटेड सिमेन्ट्सले विश्वस्तरीय प्रविधि र प्रक्रिया अपनाई सिमेन्ट तथा क्लिङ्कर उत्पादन गर्दै आएकोमा विश्वस्तरीय मापदण्ड पनि पूरा गरी गुणस्तरीय प्रक्रियामा उत्तम तालमेल रहेको उद्योगले जनाएको छ । यूनाइटेड सिमेन्ट्स के.एल. दुगड ग्रुप ले सञ्चालन गरेको व्यवसायिक प्रतिष्ठान हो ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

९ बैशाख २०७६, सोमबार २१:४९ मा प्रकाशित

समाचार

सबै

धादिङमा राती ९ बजेपछि देउसीभैलो खेल्न नपाइने

धादिङ,७ कात्तिक - तिहारको अवसरमा रमाइलोका लागि खेलिने देउसीभैलोलाई व्यवस्थित र मर्यादत बनाउन राति ९ बजेसम्म मात्र खेल्न पाइने जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ । ९ बजेपछि देउसीभैलो खेलेमा वा पैसा.....

सुखद दाम्पत्य जीवनका लागि चुम्बन

सुखद दाम्पत्य जीवनका लागि पति–पत्नी नग्न भएर सुत्न फलदायी हुने एक अध्ययनले देखाएको छ । राति नग्न सुत्ने जोडीको.....

अन्योलको भूमरीमा बूढीगण्डकी आयोजना

धादिङ- नेपालको ऊर्जा क्षेत्रमा नयाँ आयम थप्ने राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बहुचर्चित एवं.....

४३ हजार बेरोजगारलाई अल्पकालिन रोजगारी खुल्दै

काठमाडौं । के तपाई बेरोजगार हुनुुहुन्छ ? शिक्षित पनि हुनुहुन्छ, अबसर खोज्दा खोज्दै थाकिसक्नु भएको छ भने अब छिट्टै.....

नागढुङ्गा–मुग्लिन सडक ६ लेनको बनाईदै

काठमाडौं । देशका ६७ जिल्लाबाट राजधानी प्रवेश गर्ने र राजधानीबाट वाहिरिने यात्रुले प्रयोग गर्ने.....

Categories