कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी जम्कट्टेललाई

812 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । प्रदेश नम्बर ३ को कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेलाई दिइएको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलले नौ दिनका लागि कानून मन्त्री जमकट्टेललाई कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी दिनुभएको हो । मुख्यमन्त्री पौडेल बैशाख ११ गतेबाट १९ गतेसम्म राष्ट्रपति बिद्यादेवी भण्डारीसहितको टोलीमा चिन भ्रमणमा जानु भएको छ । मुख्यमन्त्रीको अनुपस्थितीमा प्रदेशको दोस्रो बरियतामा रहनुभएका मन्त्री जम्कट्टेललाई कार्यबाहक मुख्य मन्त्रीको जिम्मेवारी प्रदान गरिएको हो ।नौ दिनसम्म चिन भ्रमणमा रहँदाको समयमा मुख्यमन्त्री पौडेलले गर्दै आउनुभएको मन्त्रालयका काम र उहाँले सम्हाल्दै आउनुभएका भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको जिम्मेवारी पनि मन्त्री जम्कट्टेलले सम्हाल्नु हुने मुख्यमन्त्री सचिवालयले जनाएको छ ।यही बैशाख १३ गते शुक्रबार हुने अन्तरप्रदेश समन्वय परिषद बैठकमा पनि प्रदेश ३ को तर्फबाट जमरकट्टेलले नै प्रतिनिधित्व गर्नुहुनेछ । प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बस्ने अन्तरप्रदेश परिषद बैठकमा कार्यबाहक मुख्यमन्त्री जमरकट्टेलले प्रदेश सरकारलाई परेका समस्याहरु मुख्यमन्त्रीको हैसियतमा राख्नुहुनेछ ।