स्थानीय तहमा जथाभावी खर्च , सबै खर्चको विवरण खोज्दै संघीय सरकार

200 पटक पढिएको

प्रकाशित मिति: १२ बैशाख २०७६, बिहीबार ०७:००

सम्पादक: Dhading News

काठमाडौ । स्थानीय तहले जथाभावी खर्च गरेको पाइएपछि केन्द्रिय सरकारले सबै खर्चको विवरण माग्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७ सय ५३ वटा स्थानीय तहसँग सबैखाले खर्चको विवरण र त्यसको उपलब्धि माग्ने भएको हो ।

मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले अब ७ सय ५३ वटै स्थानीय तहसँग खर्च र त्यसको उपलब्धिको विवरण मागिने गृहकार्य अघि वढाइएको जानकारी दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महालेखा परिक्षकको कार्यालयले समेत स्थानीय तहमा अनियमितताको पारो बढेको र जथाभावी खर्च भएको भन्दै त्यसलाई नियन्त्रण गर्न सम्वन्धित स्थानीय तह र केन्द्रिय सरकारको ध्यानाकर्षण गराउदै आएको छ ।स्थानीय तहमा विकास निर्माण गर्नका लागि करोडौ रुपैया गएपनि त्यसको प्रभावकारी अनुगमन हुन नसकेको समेत अख्तियारले औल्याउदै आएको छ । ‘स्थानीय तहहरु जिम्मेवार र पारदर्शी बन्नु पर्छ, विकास निर्माणको लागि गएको खर्चको सही सदुपयोग हुनुपर्छ । ’संघीय मामिला मन्त्रालयमा सचिव कोइरालाले भने ।

अव विकास निर्माण र सेवा प्रवाहलाई सबै स्थानीय तहले उच्च प्राथमिकता दिनु पर्ने सचिव कोइरालाको सुझाव छ । स्थानीय तहहरुले भने केन्द्रिय सरकारले कर्मचारीहरुलाई समयमा नै समायोजन र व्यवस्थापन गर्न नसकेकाले सेवा प्रवाह अवरुद्ध हुदै आएको बताउदै आएका छन् । हाल स्थानीय तहमा झण्डै १६ हजार कर्मचारी दरवन्दि रिक्त छ । सचिव कोइरालाले अब स्थानीय तहमा छिटो भन्दा छिटो कर्मचारी भर्नाको प्रक्रिया थालिने जानकारी दिए । ‘हामी अब छिटै स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्छौै , स्थानीय तह पनि सच्चिएर विकास निर्माणको कार्यलाई प्रभावकारी रुपमा अगाडि बढाउनु पर्छ । ’सचिव कोइरालाले भने ।स्थानीय तहले विकास निर्माणको कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गरे नगरेको बारेमा केन्द्रिय सरकार र भ्रष्टचार नियन्त्रणमा कार्य गर्ने निकाय बाट समेत नियमित अनुगमन जरुरी रहेको सचिव कोइरालाको भनाई छ राजधानी दैनिकले खबर लेखेको छ ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

१२ बैशाख २०७६, बिहीबार ०७:०० मा प्रकाशित

समाचार

सबै

बढ्यो सामाजिक सुरक्षा भत्ता

काठमाडौं । सरकारले बृद्ध भत्ता बढाएको छ । बढेको भत्ता अव कार्यान्वयनमा समेत आएको छ । सरकारले चालु आर्थिक वर्ष २०७६–७७ को बजेटमा घोषणा गरेअनुसार ज्येष्ठ नागरिकदेखि सबै शीर्षकका सामाजिक सुरक्षा भत्ता बढाएको.....

पहिरोले भत्काएको दुई महिनापछि स्याफ्रु–मैलुङ सडक मर्मतकार्य शुरू

भदौ २९, रसुवा । पहिरोका कारण गत असार महीनाबाट अवरुद्ध स्याफ्रु–मैलुङ खण्डको नयाँ राजमार्ग शनिवारबाट मर्मतकार्य.....

धादिङमा यसरी मनाइँदैछ संविधान दिवस

धादिङबेसी । धादिङमा यस बर्षको संविधान दिवस विभिन्न कार्यक्रमका साथ भव्य तरिकाले मनाइने भएको छ । २०७६ सालको.....

कालुपाण्डेमार्गमा बस दुर्घटना, १० जना घाइते

धादिङ २७ भदौ - धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर - ६,मा पर्ने मुक्तिनाथ मन्दिर नजिकै कालुपाण्डे मार्गमा.....

धादिङ अस्पताललाई प्रदेश सरकारको एक करोड २५ लाख अनुदान

धादिङ, २८ भदौ - प्रदेश नं ३ सरकारले धादिङ जिल्ला अस्पतालकाका साथै ३ नम्बर प्रदेशका आठ वटा सरकारी अस्पतालको सेवा.....

Categories