३ नम्बर प्रदेशमा कृषि परियोजना बैंक खुल्दै

951 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- कृषिलाई उद्योग व्यवसायका रुपमा बिकास गर्न ३ नम्बर प्रदेश सरकारले परियोजना बैंकको स्थापना गर्ने भएको छ । परियोजना बैकका लागि धादिङ जिल्लाका सम्भावित कृषि तथा पशुपालन,कृषि पर्यटन उद्योग व्यवसायहरुको तथ्याङ्क खोजि गर्न थालिएको छ ।
प्रदेश भित्रका सबै स्थानीय तहमा पुगेर सरोकारवालाहरुसंग छलफल गरि त्यहाँबाट आएका सुझावहरुलाई परियोजना बैकमा राखेर कृषि बिकास अभियान संचालन गरिने प्रदेश सरकारका कृषि विकास अभियन्ता लालवहादुर केसीले वताउनु भयो ।स्थानीय तहबाट छनौट भई आएका योजनाहरुलाई परियोजना बैकमा राखि निति तथा कार्यक्रम बनाएर सञ्चालन गरिने केसीले जानकारी दिनुभयो । प्रदेशको १३ वटै जिल्लामा अहिले योजनाका बिषयमा छलफल शुरु गरिएको पनि उहाँले जानकारी दिनुभयो । जुन भुगोलमा जे चिजको सभ्भावना छ त्यसैलाई व्यवस्थित गरी आधुनिकीकरण तथा वजारीकरणका लागि परियोजना बैकले सहयोग गर्ने पनि केसीले वताउनु भएको छ ।
कृषिको व्यवसायिकरणका लागि जिल्लाको सम्भावना र आवश्यकताका बिषयमा शनिवार धादिङबेसीमा जिल्लास्तरीय छलफल कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालको अध्यक्षता भएको कार्यक्रममा ३ नम्बर प्रदेश सरकारका कृषि अभियन्ता लालवहादुर केसी, सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिल्वाल,कृषि ज्ञान केन्द्र धादिङका प्रमुख केशव देवकोटा लगायतले धादिङमा कृषिको अवस्था,उत्पादन, वजारीकरण र आगामी दिनमा अपनाउनु पर्ने नितिको वारेमा जानकारी गराएका थिए ।कार्यक्रममा जिल्लाका अगुवा किसानहरु,विभिन्न सहकारी संस्थाका प्रतिनिधि,कृषि प्राविधिकहरु,संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको समापन गर्दै जिल्लाको १३ वटै स्थानीय तहमा गएर त्यहाँको परम्परागत कृषि उद्योगको अध्ययन गरि त्यस्को सुधार विस्तारका लागि योजना बनाएर कृषि परियोजना बैकमा पठाउन जिल्ला समन्वय समितिले पहल गर्ने जिल्ला समन्वय समितिका धादिङका प्रमुख नेपालले प्रतिवद्धता व्यक्त गर्नु भयो ।