धादिङमा अखण्ड नेपाल पार्टीको जिल्ला तदर्थ समिति गठन

717 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ/धादिङमा अखण्ड नेपाल पार्टीको जिल्ला तदर्थ समिति गठन गरिएको छ । सो पार्टीका वागमती अंचल संगठन समितिका स्रयोजक डाक्टर प्रदिप ढकालको उपस्थितीमा शनिवार धादिङबेसीमा सम्पन्न एक भेलाले भरतवहादुर कार्कीको अध्यक्षतामा पन्ध्र सदस्यिय अखण्ड नेपाल पार्टी जिल्ला तदर्थ समिति गठन गरेको हो ।
नवगठित सो पार्टीको उपाध्यक्षमा शिवराम भण्डारी, रामनाथ योगी,मिनवहादुर अधिकारी र समसुद्धिन मियां,सचिवमा दुर्गा अधिकारी,कोषाध्यक्षमा टिका सुवेदीरहेका छन । यसै गरी जिल्ला कार्य समितिको सदस्यहरुमा भरत सुयंल, हरीमाया रायमाझी,धनवहादुर पाठक,प्रेमवहादुर पाण्डे,भरतवहादुर थापा,हिरावहादुर अधिकारी,कमला थापा र  प्रमिला अधिकारी चयन भएको सो पार्टीले जनाएको छ ।
संघीयताको नाममा मुलुकमा विखण्डन ल्याई जातीय विवाद  बढाउन ठुला भनिने दलहरु सक्रिय भएर लागिपरेकाले नेपालको अस्तित्व जोगाउन अखण्ड नेपाल पार्टी गठन भई सक्रिय रहंदै आएको नवगठित जिल्ला अध्यक्ष कार्कीले वताउनु भयो ।