गोगनपानीमा एक दिने घुम्ती शिबिर सम्पन्न

903 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 
गोगनपानी- धादिङको गल्छी गाउँपालिका वडा नम्बर ८ गोगनपानीमा जेष्ठ नागरिक तथा अपाङ्गता परिचयपत्र बितरणका लागी बैशाख १७ गते मंगलबार एक दिने घुम्ती शिबिर सम्पन्न भएको छ ।गल्छी गाउँपालिकाको आयोजनामा भएको घुम्ति शिविरमा १२२ जनालाई जेष्ठ नागरिक परिचय पत्र, १० जनालाई अपाङ्गता परिचय पत्र वितरण गरिएको गल्छी गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष भरत तामाङले जानकारी दिनु भयो ।
शिविरमा गल्छी गाउँपालिकाका उपाध्यक्ष राधा तिमिल्सिना, वडा नम्बर ८ का वडा अध्यक्ष भरत तामाङ, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीका साथै अन्य जनप्रतिनिधि र कर्मचारीहरुको साथै गुप्तेश्वरी अपाङ्गता संघका अध्यक्ष राजु रेग्मी लगायतको उपस्थिती रहेको थियो ।