दुई वर्षमा पनि बसपार्क सञ्चालनमा आउन सकेन

572 पटक पढिएको

सम्पादक: Dhadingnews.com

कपिलदेव खनाल
नुवाकोट/दुई वर्ष अघि उद्घाटन गरिएको नुवाकोट बसपार्क सञ्चालनमा आउन नसक्दा राज्यले लाखौ रुपया“को राजश्व गुमाउदै गएको छ ।a विश्व बैंकको दुई करोड रुपैयाँ ऋण सहयोगमा निर्माण भएको वसपार्क सञ्चालन नहुदा“ रसुवाबाट चिन जोड्ने अन्तराष्ट्रिय राजमार्गको बिस्तार र औद्योगिक करिडोरको सम्भावना खोजिरहेका व्यवसायीहरु पनि निराश भएका छन् ।

       उचित संरक्षण नहुँदा नुवाकोट बसपार्क सञ्चालनमा आउनुपूर्व नै जीर्ण भएको छ । सञ्चालनको लागि कानुनी कार्यविधि तयार भएपनि निर्देशिकाको अभावले सञ्चालनमा कठिनाइ भएको विदुर नगरपालिकाका कार्यकारी अधिकृत यमकान्त पाण्डेयले बताउनुभएको छ ।       बसपार्क सञ्चालनमा ल्याउन बारम्बार गरेको आग्रहको नगरपालिकाले बेवास्था गर्दै आएको आरोप उपभोक्ता समिति तथा यातायात व्यवसायीहरुले लगाएका छन् । गएको वर्ष नुवाकोटमा ४१ वटा सडक दुर्घटनाबाट २६ जनाले ज्यान गुमाएको र ३६ जना घाइते भएको ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । यातायात दुर्घटनाको मुख्य कारण अव्यवस्थित पार्किङ बताउदै आएका ट्राफिक प्रहरीले बसपार्क सञ्चालनमा आए दुर्घटनाको सङख्या न्युनिकरण गर्न ठूलो राहत हुने विश्वास लिएका छन् ।